कमिलाको मूल्य ३० हजार

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ धेरै ठाउँमा कमिला र त्यस्ता कीराहरूलाई जोगाउन कानून नै बनेको छ वा कतै त एउटा कमिलाको मूल्य नै ३० हजार रुपैयाँसम्ममा पर्न जान्छ भन्दा पत्यार नलाग्ला ।
अफ्रिकी देश केन्यामा जहाँ चार जना व्यक्तिले सयौँ धेरै कमिलाहरूलाई देश बाहिर तस्करी गर्न खोजेका थिए तर त्यसो गर्नुअघि नै उनीहरू पक्राउ परे । केन्या वाइल्डलाइफ सर्भिसले यसलाई ऐतिहासिक घटनाको रूपमा वर्णन गरेको छ । केडब्लुएसका अनुसार यस्ता कमिलाले धेरै जसो सिंह र हात्ती जस्ता ठूला प्राणीहरूलाई जोगाउने काम गर्छ ।
यसको तस्करीले समस्या उत्पन्न गराएको छ । तस्करी गरिएका सामानहरूमा विशाल ‘अफ्रिकी हार्भेस्टर’ कमिलाहरू पनि समावेश थिए, जसको मूल्य केही बेलायती व्यापारीहरूका अनुसार प्रतिकमिला १७० पाउण्डसम्म पर्न जान्छ । यस्तो अवस्थामा तस्करीका तरिकामा चिन्ताजनक परिवर्तन देखिएको केडब्ल्यूएसले बताएको छ ।
तस्करीमा प्रतिष्ठित स्तनपायीदेखि लिएर कम ज्ञात प्रजातिहरूसम्मका सबै जीवहरू समावेश छन् । पारिस्थितिक सन्तुलनका लागि यिनीहरु महत्त्वपूर्ण मानिन्छन् । केडब्ल्यूएसका प्रवक्ता पाउल उडोटोले बिबिसीलाई भने कि यो मापनमा ‘बायो पाइरेसी’ यो देशका लागि पहिलो घटना हो । दुई बेल्जियन, एक भियतनामी र एक केन्यालीसहित चार सन्दिग्ध यी कमिला तस्करीमा पक्राउ परेका हुन् । गुप्तचर अभियानका क्रममा उनलाई पक्राउ गरिएको हो ।
उनीहरूको उद्देश्य युरोप र एसियाका विदेशी पाल्तु बजारमा यी कीरा बेच्ने खोजिएको भनिएको छ । दुर्लभ कमिला प्रजातिको माग बढ्दै गएको केडब्ल्यूएसले बताएको छ । अफ्रिकी हार्भेस्टर कमिला (मेसर सेफालोट्स) यसको प्रजातिको सबैभन्दा ठूलो कमिला हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *