काठमाडौं/ अभिनेता रमेश उप्रेतीलाई करिब सात वर्षपछि चलचित्रमा पुनरागमन गर्ने अवसर मिलेको छ । परिच्छेद सेनको निर्देशनमा बन्न लागेको चलचित्र ‘महाराजधिराज’ मा उनी देखिने भएका हुन् ।
चलचित्रको मुख्यमध्ये एक भूमिकामा उपे्रतीलाई अनुबन्धित गरिएको निर्माताले जानकारी दिएका छन् । आफैंले निर्माण गरेको चलचित्र ‘ऐश्वर्य’ मा पछिल्लो पटक उप्रेती देखिएका थिए । २०७४ सालमा रिलिज भएको उक्त चलचित्रपछि उनले कुनै चलचित्रमा काम गरेका छैनन् ।
गत वर्ष ‘कोतपर्व’ र ‘राजमहल’ नामक चलचित्रमा उनले सम्झौता गरे पनि ती निर्माण हुन नसकेको बताइएको छ । आगामी असोज १३ गतेबाट प्रदर्शनीमा आउन लागेको यो चलचित्रमा पल शाहको मुख्य भूमिका रहने बताइएको छ ।
अभिनेता जय किशन बस्नेतको पनि अभिनय रहने चलचित्रमा निर्देशक सेन स्वयंको लेखन छ । ‘महाराजधिराज’का प्रस्तुतकर्ता विराज विष्ट हुन् । आगामी जेठमा चलचित्रको छायांकन गर्ने तयारीमा निर्माण टिम छ ।
‘महाराजधिराज’ बाट पुनरागमन गर्दै रमेश उप्रेती
Facebook Comments Box
