‘रंगी’ लण्डनमा प्रदर्शनी हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

लण्डन/ अभिनेता सलोन बस्नेतको पहिलो निर्माण रहेको चलचित्र ‘रंगी’ आजदेखि बेलायतको राजधानी लण्डनमा प्रदर्शनी हुने भएको छ । लण्डनका २७ वटा हलमा चलचित्र प्रदर्शनी हुने भएको हो ।
महारानी प्रोडक्सनका विक्रम जोशीले चलचित्रलाई लण्डनमा वितरणको जिम्मा लिएका हुन् । लण्डनमा सेन्सर पास भइसकेको जोशीले जानकारी दिए । गत फागुन २ गते नेपालमा प्रदर्शनी भएको ‘रंगी’ लाई गत महिना अष्ट्रेलियाको विभिन्न शहरमा प्रदर्शनी गरिएको थियो । अझै केही देशमा चलचित्र प्रदर्शनीको तयारी भइरहेको जनाइएको छ ।
बाबु–छोरीबीचको भावनात्मक सम्बन्धको कथामा यो चलचित्र आधारित रहेको बताइएको छ । चलचित्रमा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दीलिप रायमाझी, आयुषी ढकाल, उत्तम के.सी., सुमिन गुरुङ, विशाल पहारी लगायतको अभिनय रहेको छ । सुरेश न्यौपानेको निर्देशनमा बनेको यो चलचित्रमा सलोनले एकल बाबुको भूमिकामा अभिनय गरेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *