बुबा स्व.डिठ्ठा गणेशबहादुर हाडा र आमा स्व.मोहनकुमारी हाडाका सुपुत्र गम्भीरबहादुर हाडा २०३६ सालदेखि २०६६ सालसम्म अर्थशास्त्र विषयमा भक्तपुर बहुमुखी क्याम्पस, भक्तपुरमा अध्यापन सेवामा कार्यरत हुनुहुन्थ्यो । अवकासपछि पनि वि.सं. २०६९ देखि २०७५ सालसम्म पनि भक्तपुर क्याम्पसमा पढाउनुभएको थियो । सन् १९४६ अक्टोबर ३० मा भक्तपुर जिल्लाको वडा नं. १३ लास्कुटोल, हाल भक्तपुर नगरपालिका वडा नं. ३ मा जन्मिनुभएका हाडाले एम.ए. अर्थशास्त्र १९७८ मा उत्तीर्ण गर्नुभएको हो ।
उहाँले २०३७ सालमा प्राइभेटबाट बि.एल.समेत उत्तीर्ण गर्नुभएको थियो । २०४७ सालदेखि २०७० सालसम्म सानोठिमी आदर्श बहुमुखी क्याम्पसमा पनि अध्यापनमा सहयोग गर्नुभएको थियो । उहाँको परिवारमा श्रीमती, दुई छोरा र दुई छोरी हुनुहुन्छ । उहाँ हाल काठमाडौं जिल्ला, काठमाडौं म.न.पा.११ बबरमहलमा बस्नुहुन्छ । उहाँको पुरानो घर भक्तपुरमा पनि कहिले काँही जाने गर्नुहुन्छ । अध्यापन पेशामा आउनुअघि २०२७ र २०२८ सालमा सीईडब्लूएएस र सोल्टी होटलमा अफिसर भई काम गरिसक्नुभएका उहाँले विभिन्न अनुसन्धान संस्थाहरुबाट समय–समयमा ग्रामीण क्षेत्रहरुमा अध्ययन–अनुसन्धान पनि गर्दै आउनुभएको छ ।
२०२९ सालमा सहकारी व्यवस्थापकमा एक महिना तालिम लिई व्यवस्थापक पदमा नियुक्ति भएर पनि जागिर छोड्नुभयो । उहाँले २०४० सालमा एकीकृत ग्रामीण विकास सम्बन्धी विद्यावारिधि अध्ययनको लागि ३ वर्ष त्रिभुवन विश्वविद्यालयबाट अध्ययन बिदासमेत लिनुभएको थियो । विभिन्न कारणवस बीचमा अध्ययन छोड्नुप¥यो । तीन वर्षको अध्ययन बिदामा आफ्नै खर्चले एकीकृत ग्रामीण विकास कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाहरुमा अध्ययन र अनुसन्धान गर्नुभयो ।
त्यही बेलामा यु.एस.एडबाट राप्ती एकीकृत ग्रामीण विकास कार्यक्रम अन्तर्गतको अध्ययन, अनुसन्धान गर्नको लागि आर्थिक सहायता समेत प्राप्त गर्नुभएको थियो र प्रतिवेदन समेत यु.एस.एडलाई हस्तान्तरण गर्नुभएको थियो । उहाँले २०३५ सालमा कीर्तिपुर एशियाली अनुसन्धान केन्द्र ९ऋल्ब्क्० मा अनुसन्धान सहायक पदमा भाषाविज्ञानको लागि डा.शुभद्रा सुब्बाको मातहत रहेर विभिन्न जिल्लाहरुमा गई भाषासम्बन्धी अध्ययन र अनुसन्धान गर्नुभएको थियो । त्यही बेलामा परराष्ट्र मन्त्रालयमा एक महिना काम गर्नुभएको थियो ।
विदेशी अनुसन्धानकर्ता द्ययद्य क्तयममभच अन्तर्गत चारवटा गणेश र चारवटा महादेव सम्बन्धी अध्ययनका लागि उहाँलाई सहयोगीको रुपमा संगै काम गर्ने मौका पाउनुभएको थियो । पछि २०३६ सालमा एशियाली अनुसन्धान केन्द्र ९ऋल्ब्क्० बाट काम छोडेर स्थायी पदमा नियुक्ति भएर भक्तपुर क्याम्पसमा सहायक प्राध्यापकको पदमा त्रिभुवन विश्वविद्यालयले नियुक्ति गरेर भक्तपुर बहुमुखी क्याम्पसमा काम गर्ने अवसर पाउनुभएको थियो । सहायक प्राध्यापक, उप प्राध्यापक र सह प्राध्यापक पदमा बसेर करिब ३० वर्षसम्म प्राध्यापनमा काम गर्नुभएको थियो ।
हाडाले क्याम्पस तहका विभिन्न विषयका पुस्तकहरु थुप्रै प्रकाशित गर्नुभएको छ । २०४८ सालमा रत्न पुस्तकबाट अर्थशास्त्रको सिद्धान्त प्रमाणपत्र तहको २०५० मा प्रकाशित गरिएको थियो । अर्को सहलेखन तथ्याङ्कशास्त्र र गणित प्रमाणपत्र तह, त्योभन्दा पहिला २०४८ सालमा रत्न पुस्तक भण्डारले प्रकाशित गरेको थियो । उहाँले आफ्नै खर्चले पहिलो पटक नेपालको अर्थव्यवस्था (शाखा अधिकृत गाइड) पनि प्रकाशन गर्नुभएको थियो । (नेपाल परिचय, सामाजिक अध्ययन र नेपालको अर्थशास्त्र जस्ता विषयहरुको संकलित पुस्तकहरुमा उहाँका केही लेखहरु पनि प्रकाशित भैसकेका छन् ।
त्यस्तै अर्थशास्त्रसम्बन्धी कक्षा ११ देखि १२, स्नातक तह र स्नातकोत्तर अर्थशास्त्र तह र ग्रामीण विकास विषयको पुस्तकहरु पनि आई.ए., बि.ए.र एम.ए.को लागि प्रकाशित भएका छन् । उहाँका पुस्तकहरु बृहस्पति पुस्तक प्रकाशन, रत्नसागर प्रकाशन, अक्सफोर्ड पब्लिकेशन, दीक्षान्त प्रकाशन, ज्ञानकुञ्ज प्रकाशन, रत्न पुस्तक भण्डार आदिले प्रकाशित गराएका छन् ।
हाडा अध्ययनमा खारिएको अनुभवी अर्थशास्त्री हुनुहुन्छ । उहाँका हालसम्म पाँच हजारभन्दा बढी विभिन्न लेख रचनाहरु पत्रपत्रिकामा प्रकाशित भैसकेका छन् । पत्रपत्रिकाहरुमा हिमालय टाइम्स, आर्थिक राष्ट्रिय दैनिक, राजधानी, अन्नपूर्ण, निजामती सेवा पत्रिका, सशक्तिकरण, विकास, प्रभाव, नयाँ विमर्श आदि पत्रपत्रिकाहरुमा लेखहरु प्रकाशित भैरहेका छन् ।
पत्रपत्रिकाहरुमा प्रकाशित हुने विषयहरु जस्तैः जनसंख्या, वातावरण, गरिबी, शहरीकरण, बसाइँ–सराई, ग्रामीण विकास, विज्ञान र प्रविधि, शिक्षा, स्वास्थ्य, ऊर्जा, महिला विकास, विकास योजना, कृषि, उद्योग–व्यापार, यातायात, सञ्चार र योजना परियोजना शिक्षा, स्वास्थ्य, जलस्रोत, बेरोजगारी, गरिबी, हरित अर्थतन्त्र, दिगो विकास, सार्वजनिक ऋण, सार्वजनिक आय र व्यय, समावेशीकरण, सामाजिक न्याय आदि जस्ता विषयहरुमा उहाँका लेख–रचना केन्द्रित भएको पाइन्छन् ।
हाडा विभिन्न अध्ययन, अनुसन्धान तथा सामाजिक संस्थाहरुमा सदस्य तथा सल्लाहकारमा बस्नुभएको पाइएको छ । उहाँ विभिन्न संस्थाहरुमा आवद्ध हुनुहुन्छ । उहाँ काठमाडौं जिल्ला बारको सदस्य, नेपाल बार काउन्सिलको सदस्य हुनुहुन्छ । नेपाल वातावरण पत्रकार समूहको सह–सदस्यको सदस्यता लिनु भएका उहाँ नेपाल विश्व सम्बन्ध परिषद्को सदस्य पनि हुनुहुन्छ । यसैगरी नेपाल सम्पदा संघको सदस्य, दुनियाँको खबर साप्ताहिकको सल्लाहकारमा समेत उहाँ रहनु भएको छ ।
उहाँले ०४७ सालमा राष्ट्रिय जनसंख्या आयोगद्वारा आयोजित निबन्ध प्रतियागितामा दोस्रो पुरस्कार प्राप्त गर्नुभएको थियो । सन् १९८१ मा भारतको नेशनल इन्टेष्टमेन्ट एण्ड फाइनान्सद्वारा आयोजित निबन्ध प्रतियोगितामा रोल अफ इण्डष्ट्रि एण्ड एग्रिकल्चर फर इकोनोमिक ग्रोथ विषयमा तेस्रो स्थान प्राप्त गर्नुभएको थियो । सोही संस्थाबाट सन् १९८२ मा जनसंख्या विषयमा स्पेशल पुरस्कार पनि उहाँलाई प्राप्त भएको थियो ।
उहाँ विभिन्न सामाजिक संघ–संस्थामा पनि आबद्ध हुँदै आउनुभएको छ । उहाँलाई ल्भ्एब्ल् ९एबचतष्अष्उबतयचथ ब्अतष्यल ल्भत ध्यचप० बाट २०७५ साल भाद्र महिनामा प्रसिद्ध सहभागिता विकास लेखकको नामबाट कदरपत्र नेपालमा) तथा सम्मानपत्र र नगद सहित प्रदान गरिएको थियो । ब्चmभम एयष्अिभ ायचअभ अयmmबलम बलम कतबाा अयििभनभ ९ब्एँ० काठमाडौं स्थित सानो गौचरणमा अवस्थित कलेजको पुस्तकालयमा उहाँले विभिन्न पुस्तक, जर्नल र पत्रपत्रिकाहरु उपहारस्वरुप प्रदान गर्नु भएको छ । नेपाल सरकार, गृह मन्त्रालय प्रहरी प्रधान कार्यालय, नक्साल, काठमाडौंमा वि.सं. २०१६ सालदेखि निरन्तर प्रकाशन हुँदै आएको प्रहरी द्वैमासिक पत्रिकामा २०७७ सालमा प्रकाशित लेखहरुमध्ये व्यावसायिक रचनातर्फ लेख सर्वोत्कृष्ट हुन सफल भएकोले नगद पुरस्कार सहित कदरपत्र प्रहरी दिवस २०७८ मा उहाँलाई प्रदान गरिएको थियो ।
उहाँ बिजुक्छे दिगुदयः जिर्णोद्वार समिति भक्तपुरबाट २०७९ साल असोज ६ गते प्रथम ऐतिहासिक प्रकाशन स्मारिका–२०७९) लोकार्पण कार्यक्रमका अवसरमा लेख रचना उपलब्ध गराएको योगदानप्रति कदरपत्र प्रदान गरिएको थियो । ल्भउब िअयगलअष् िया ब्चदष्तचबतष्यल बलम म्झयअचबतष्अ बिधथभचुक ब्ककयअष्बतष्यल ९म्ीब् ल्भउब०ि बाट ज्ञट(द्दण् ँभदचगबचथ द्दण्द्दद्ध मा ब्चदष्तचबतष्यल त्चबष्लष्लन यल अयलतचबअत ःबलबनझभलत बलम म्ष्कउगतभ क्भततझिभलत विषयको ५ दिने तालिममा सहभागी भएको उपलक्ष्यमा सहभागिताको प्रमाणपत्र उहाँलाई प्रदान गरिएको थियो ।
यसैगरी नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालबाट नियमित प्रकाशित हुने प्रहरी द्वैमासिकमा पनि समय समयमा लेखहरु प्रकाशित हुने गरेकोले २०७५ सालमा र २०५८ सालमा नेपाल प्रहरी प्रधान कार्यालयबाट मानसम्मान पत्र तथा नगद पुरस्कार पनि प्राप्त गर्नुभएको छ ।
लामो समयदेखि लेखन कार्यमा सक्रिय हाडा उमेरले ज्येष्ठ नागरिकको पहिचान बनाए पनि उहाँको सक्रियताका कारण उहाँ युवावयका साथ कार्यरत रहने गर्नु भएको देखिन्छ । विभिन्न सामाजिक तथा साहित्यिक कार्यक्रमहरुमा देखिनु हुने हाडाले विभिन्न मुलुकहरुको भ्रमण गरी त्यहाँको अनुभव पनि लिनु भएको छ । (यो लेख ‘नयाँ विमर्श’ का सम्पादक कौशल कुमार भट्टराईसँग हाडाले गर्नु भएको कुराकानीको आधारमा तयार गरिएको हो ।)
गम्भीरबहादुर हाडाको व्यक्ति–व्यक्तित्व
Facebook Comments Box
