काठमाडौँ/ चितवनका स्थानीयबासी नवीन सापकोटाको एउटा कार्य रोजगारीदेखि अन्य कामका लागि अष्ट्रेलिया गएका नेपाली नागरिकका लागि सहयोगी बनेको छ । सरकारीदेखि अन्य व्यक्तिगत काम समाधानका लागि एक सोसल एप ‘भेट्छ एप’ मार्फत जानकारी दिने कार्य सापकोटाले गर्नु भएको छ ।
करिब दुई वर्षदेखि अष्ट्रेलिया, मेलबनमा आइटी सम्बन्धि काम गर्दै आउनु भएका सापकोटा लगायतले ‘भेट्छ एप’ निर्माण गर्नु भएको हो । नेपालबाट त्यहाँ गएका नागरिकलाई आवश्यक पर्ने बसाई, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अत्यावश्यक विषयमा उक्त सोसल एप ‘भेट्छ एप’ मार्फत जानकारी दिने गरेको सापकोटाले बताउनुभयो ।
“विदेशमा गएका नेपाली युवा युवतीहरुलाई कुलतबाट छुटाउनेदेखि सामाजिक क्षेत्रमा काम गर्ने र विदेशमा गएका नेपाली युवाहरुलाई सहयोग गर्नकालागि उक्त उक्त एपले महत्वपूर्ण काम गर्ने गरेको छ । उक्त एपमा कहाँ के छ बुभ्mन अनि फेसबुक जस्तै समस्याहरु समाधानका लागि पोष्ट गर्न मिल्ने छ ।” उक्त एपबारे जानकारी दिंदै सापकोटाले भन्नुभयो ।
अष्ट्रेलिया सरकारद्वारा मान्यता प्राप्त एप भएकाले यसबाट कसैले पनि दुःख नपाउने सापकोटाले दाबी गर्नुभयो । उहाँका अनुसार हाल उक्त एपमा चार हजार प्रयोगकर्ता रहेका छन् । मेलबनमा १९ मार्च २०२५ मा पूर्वउपसभामुख एवं नेपालका लागि अष्ट्रेलियाका राजदूत चित्रलेखा यादव तथा शेष घलेले उक्त एपको उद्घाटन गर्नुभएको थियो ।
उक्त एपमार्फत कोठा खोज्ने, यात्रा गर्ने, सवारी चालक लाइसेन्स लिने लगायत थुप्रै कामबारे जानकारी लिन र दिन सकिने सुविधा उक्त एपमा रहेको छ । अष्ट्रेलिया गएर अप्ठेरोमा परेका नेपाली नागरिकले उक्त एपमार्फत आपूmलाई आवश्यक पर्ने सम्पूर्ण चिजको बारेमा हातैमा जानकारी लिन सकिने सापकोटाले बताउनुभयो । “दैनिक जीवनमा आवश्यक सबै सूचना एकै ठाउँमा भेट्न सकिने गरी एउटा एप बनाउने निर्णय अनुसार अष्ट्रेलियामै पढेर नेपालमा आइटी क्षेत्रमा काम गरिरहेका निराजन कँडेल र अमेरिकामा रहेका आशिष पङ्गेनीसँग कुरा गरेर हामीले यो एप बनाएका हौँ । तीन महिनाअघि ‘भेट्छ एप’ निर्माण गरी प्रयोगमा ल्यायौँ, अहिले सबैलाई सहज भएको छ ।” सापकोटाले जानकारी दिए ।
आपूmहरु अष्ट्रेलियामा गएको समयमा त्यहाँको बारेमा जानकारी नपाउँदा समस्यामा परेपछि उनीहरुले उक्त एप खोलेको बताइएको छ । नवीनले यसको मार्केटिङसँगै अस्ट्रेलियामा हुने कामको सबै पक्ष हेर्ने गर्नुभएको छ । अमेरिकामा रहनु भएका आशिष कम्प्युटर इञ्जिनियर र नेपालमा रहनु भएका निराजन आइटी इञ्जिनियर गरी तीनै जनाले जिम्मेवारी बाँडफाँट गर्नुभएको छ ।
हाल भेट्छ एप अमेरिकामा र अस्ट्रेलियामा सुरू भएको छ । चाँडै क्यानडा, बेलायत र न्युजिल्यान्ड पु¥याउने गरी काम भइरहेको सञ्चालकहरुको भनाइ छ । आगामी दुई वर्षभित्र नेपालीको संख्या धेरै रहेका अधिकाङ्श देशमा बिस्तार गर्ने उहाँहरूको लक्ष्य रहेको छ ।
‘भेट्छ एप’ अष्ट्रेलियामा
Facebook Comments Box
