तरबुजाको दाना पनि लाभदायक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं / गर्मीमा तरबुजा सबैको प्रिय फलफूलमा पर्दछ । सर्बत बनाएर होस् वा काटेर नै होस् यसको सेवनले शरीरलाई निक्कै नै लाभ दिने गर्दछ । यसले चिसो मात्र नभई पानीको कमी पनि मेटाउँछ । तरबुजा खाँदा यसको कालो दाना बेकार मानेर फालिदिनु चाहीँ गल्ती कार्य हों ।
अध्ययनहरूका अनुसार यी साना बीउहरूमा ठूला फाइदा लुकेका छन् । यी स्वास्थ्यका लागि रामवाँण औषधि हुन् । यसबाट धेरै समस्याहरू समाधान गर्न सकिन्छ ।
पेट र पाचन सफा गर्न ः तरबुजाको दानामा प्रशस्त मात्रामा फाइबर हुन्छ, जसले पाचन प्रणालीलाई स्वस्थ राख्न मद्दत गर्छ । यदि कब्जियतको समस्या छ भने यी दानाको सेवनले पेट सफा राख्न फाइदाजनक हुन्छ । तरबुजाको सुकेको दानालाई पिसेर त्यसको धूलो बनाएर बिहान खाली पेटमा मनतातो पानीसँग खानुहोस् । यसबाट धेरै फाइदा हुन सक्छ ।
मधुमेह नियन्त्रण ः तरबुजाको दानामा पाइने म्याग्नेसियमले रगतमा चिनीको मात्रा सन्तुलनमा राख्छ । अनुसन्धानका अनुसार यी बीउहरूले इन्सुलिन संवेदनशीलता बढाउँछ र चिनीलाई नियन्त्रणमा राख्छ । तपाईं तरबुजाको बीउबाट चिया बनाउन सक्नुहुन्छ । जस्तो कि २ कप पानीमा १ चम्चा दाना उमालेर छानेर दिनमा एक पटक पिउनाले फाइदा हुन्छ ।
स्वस्थ मुटु ः यी बीउहरूमा पाइने स्वस्थ बोसो, जस्तै ओमेगा–६ फ्याटी एसिड र म्याग्नेसियमले मुटुलाई स्वस्थ राख्छ । तिनीहरूले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छ र हृदयघातको जोखिम कम गर्छ ।
छाला र कपालको लागि उपयोगी ः तरबुजाको दानामा जिंक, प्रोटीन र आइरन पाइन्छ । यसले कपाललाई बलियो र छालालाई चम्किलो बनाउँछ । यी बीउहरूले छालालाई फ्रि रेडिकलहरूबाट जोगाएर बुढ्यौलीलाई पनि कम गर्छ । यी बीउको तेल पनि बजारमा पाइन्छ । तपाईले यसलाई अनुहारको तेल वा कपालको तेलको रूपमा प्रयोग गर्न सक्नुहुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता ः यसको बीउमा आइरन, म्याग्नेसियम र फस्फोरसजस्ता शक्तिशाली पोषक तत्व पाइन्छन्, जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसको नियमित सेवनले भाइरल इन्फेक्सनबाट पनि बचाउँछ । त्यसका लागि पहिला तरबुजाको बीउहरू धुनुहोस्, तिनीहरूलाई सुकाउनुहोस् र पछि भुटेर खानुहोस् । यसले शरीरबाट रोगहरू टाढा राख्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *