पृथ्वीको गर्भमा हाइड्रोजनको भण्डार

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ ऊर्जा संकटबाट गुज्रिरहेको विश्वका लागि एउटा सुखद खबर आएको छ । पृथ्वीको गहिराइमा यस्तो खजाना फेला परेको छ, जसले आगामी १ लाख ७० लाख वर्षसम्म विश्वको ऊर्जा आवश्यकता पूरा गर्न सकिने दाबी गरिएको छ ।
त्यो पनि प्रदूषण बिना नै, यो खजाना हो– हाइड्रोजन । त्यो पनि प्राकृतिक रुपमै विशाल भण्डार पाइएको जनाइएको छ । युनिभर्सिटी अफ अक्सफोर्ड, डरहम युनिभर्सिटी र टोरन्टो विश्वविद्यालयका वैज्ञानिकहरूको टोलीले यो खोज गरेको हो । उनीहरूले पृथ्वीको महाद्वीपीय क्रस्ट अर्थात् सतहको गहिराइमा हाइड्रोजनको ठूलो भण्डार लुकेको बताएको छन् ।
यो खोजले ऊर्जाको क्षेत्रमा नयाँ अध्याय खोलेको छ । हाइड्रोजनलाई भविष्यको ‘हरियो इन्धन’ भनिन्छ । जब यो जलाइन्छ, केवल पानी उत्पादन हुन्छ, धुवाँ वा सिओ टु केही पनि निस्कदैन । यही कारणले गर्दा यसलाई जलवायु परिवर्तन विरुद्धको लडाइँमा सबैभन्दा प्रभावकारी हतियार मानिएको छ । हामीले अहिलेसम्म प्रयोग गरेको हाइड्रोजन, यो प्रायः कोइला वा ग्यासबाट बनेको हुन्छ । यसको मतलब त्यसले आफैं प्रदूषण फैलाइरहेका छन् ।
पृथ्वी भित्र पाइएको हाइड्रोजन पूर्णतया प्राकृतिक हुन्छ । यसलाई ‘सेतो हाइड्रोजन’ भनिन्छ । यो ग्यास तेल वा ग्यासजस्ता ठूला भण्डारहरूमा भण्डारण गरिएको हुन्न । यो विस्तारै चट्टान र पानीको रासायनिक प्रतिक्रियाद्वारा बनेको हुन्छ र तल गाडिएर जम्मा हुन्छ । वैज्ञानिकहरूले क्यानडाको पुरानो चट्टानी क्षेत्र ‘क्यानेडियन शिल्ड’ मा यस्ता ठाउँहरूको नक्सा बनाएका छन् जहाँ जमिन मुनिबाट हाइड्रोजन निस्कन्न सक्छ । अब यो अनुमान गरिएको छ कि त्यस्ता स्थानहरू संसारभर फैलिएको हुन सक्छ र केवल क्यानाडा वा एक क्षेत्रमा मात्रै अब सीमित छैन ।
यो त्यति सजिलो छैन । यसलाई निकासी गर्न परम्परागत तेल ग्यास ड्रिलिंगजस्तो काम हुँदैन । यसका लागि नयाँ प्रविधि, सटीक नक्साङ्कन र संवेदनशीलता आवश्यक पर्नेछ । वैज्ञानिकहरु अब हाइड्रोजन कहाँ बन्छ ? भनेर पत्ता लगाउन यस्तो प्रविधिमा काम गरिरहेका छन् । यो कसरी बन्छ र कहाँ जम्मा हुन्छ ? जसरी हामी हिलियम निकाल्छौं । अचम्मको कुरा के छ भने पृथ्वी मुनि केहि ब्याक्टेरियाहरु छन्, जसले निरन्तर हाइड्रोजन खान्छन् । यसको मतलव कुनै ठाउँमा ब्याक्टेरिया बढी भएमा हाइड्रोजन त्यहाँ रहन सक्दैन । तसर्थ, वैज्ञानिकहरूले यस्तो स्थान खोज्नु पर्नेछ, जहाँ यो ग्यास सुरक्षित रूपमा भण्डारण भएर बसेको होस् र समयसँगै विलाउन नसकोस् ।
वैज्ञानिकहरू भन्छन् कि यदि यी स्रोतहरू पत्ता लगाइयो र सही तरिकाले निकालियो भने यो जीवाश्मा इन्धनको राम्रो र दिगो विकल्प हुन सक्छ । एक अनुमानका अनुसार यो भण्डारले आगामी १.७ लाख वर्षको लागि सम्पूर्ण विश्वको हाइड्रोजनको माग पूरा गर्न सक्छ । यो यस्तो समयमा खोजिएको छ कि जब २०५० सम्म हाइड्रोजनको खपत ६ गुणा बढ्नेवाला छ । यस खोजसँग सम्बद्ध वैज्ञानिकहरूले ‘स्नोफक्स डिस्कभरी लिमिटेड’ नामक कम्पनी बनाएका छन् ।
यो कम्पनीले अब स्याटेलाइट डाटा र भूगर्भीय अनुसन्धानका माध्यमबाट व्यावसायिक रूपमा हाइड्रोजन निकाल्न सकिने ठाउँहरू पत्ता लगाउने काम गर्नेछ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *