सिंहदरबारमा मेलम्चीको पानी वितरण

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ मन्त्री प्रदीप यादवले सिंहदरबारमा मेलम्चीको शुद्ध पिउनेपानी वितरण कार्यको शुभारम्भ गर्नु भएको छ ।
मन्त्री यादवले सिंहदरबार भित्र मेलम्चीको शुद्ध, सुरक्षित पिउनेपानी वितरण कार्यको शुभारम्भ सोमबार गर्नु भएको हो । विधिवत रुपमा शुभारम्भ गरिएको मेलम्चीको पानी अब यहाँका सबै मन्त्रालय एवं कार्यालयहरुमा वितरण गरिने मन्त्री यादवले बताउनुभयो । “आजबाट सिंहदरबारमा विधिवतरुपमा मेलम्चीको पानी आएको छ । यसभन्दा पहिले भूमिगतको पानी सिंहदरबारमा आएको थियो । अब यहाँ मेलम्चीको शुद्ध र सुरक्षित खानेपानी वितरण हुनेछ ।” उहाँले भन्नुभयो ।
मेलम्चीको पानी वितरण शुरु भएपछि अबदेखि सिंहदरबार क्षेत्रभित्र प्रयोग हुँदै आएका जार र बोतलको पानी विस्थापित गरिने पनि उहाँले बताउनुभयो । सम्पूर्ण मन्त्रालयहरू तथा कार्यालयहरूमा मेलम्चीको शुद्ध र सुरक्षित पिउनेपानी पु¥याउनका लागि पाइप लाइनको विस्तार गरिने समेत मन्त्री यादवले जानकारी दिनुभयो ।
धाराबाट आएको मेलम्चीको पानी सिधै पिएर वितरण कार्यको औपचारिक शुरुवात गर्नु भएको थियो । उक्त कार्यक्रममा मन्त्रालयका सचिव ई.प्रमिलदेवी शाक्य बज्राचार्य, सहसचिव ई. मीना श्रेष्ठ, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ, केयुकेएलका प्रमुख अशोक पौडेल लगायतको सहभागिता थियो ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *