काठमाडौं/ नेपाल–इटालियन लक्जरी फेसन ब्रान्ड एम्पोरियो अर्मानी (Emporio Armani) अब आधिकारिक रूपमा नेपालमा प्रवेश गर्ने भएको छ । एक रणनीतिक साझेदारीमार्फत एम्पोरियो अर्मानीले काठमाडौंमा आफ्नो पहिलो आधिकारिक शोरूम खोल्ने तयारी गरेको छ ।
जर्जियो अर्मानीद्वारा स्थापित एम्पोरियो अर्मानी कम्फरटेबल, सुरुचिपूर्ण र आधुनिक फेसनको प्रतीक मानिन्छ । यस ब्रान्डले आफ्ना उत्पादनहरूमा उच्च गुणस्तर, उत्कृष्ट डिजाइन र मिहिन कलाकौशल समावेश गर्छ । एम्पोरियो अर्मानीले विश्वका उत्कृष्ट फेसन डिजाइनरहरू र उत्तम कपडाहरू, एक्ससेसोरिज् तथा अन्य कच्चा पदार्थकोको छनोट गर्दै फेशनको दुनियाँमा नयाँशैली स्थापना गर्दै आएको बताइन्छ ।
यो ब्रान्डले उपभोक्ताको आत्मविश्वास बढाउनुका साथै प्रयोगकर्ताको सुविधा र आरामलाई पनि उत्तिकै महत्त्व दिएको दाबी गरिएको छ । कपडामा मात्र सीमित नभई, एम्पोरियो अर्मानीले जुत्ता, वालेट, पर्स, बेल्ट, ब्याग लगायतका सम्पूर्ण लाइफस्टाइल उत्पादनहरू उत्पादन तथा विक्री वितरण गर्नेगर्छ ।
नेपाली बजारमा नक्कली र अनधिकृत एम्पोरियो अर्मानीका उत्पादनहरू पाइँदै आएका छन् । अब पहिलो पटक आधिकारिक लक्जरी ब्रान्ड नेपाली उपभोक्ताहरूका लागि उपलब्ध हुँदैछ । “एम्पोरियो अर्मानी केवल फेसन ब्रान्ड होइन, यो आत्मविश्वास, पहिचान र गुणस्तरको प्रतीक हो,” अर्मानीका नेपाल प्रतिनिधिले जानकारी दिएका छन् ।
नेपालमा आउने भयो एम्पोरियो अर्मानी
Facebook Comments Box
