काठमाडौं/ नेपाल स्रष्टा समाज, बागमती प्रदेश र तदर्थ समितिको संयुक्त आयोजनामा टोखा नगरपालिका–१ स्थित झोर महांकाल माध्यमिक विद्यालयमा काव्य वाचन तथा शैक्षिक सामग्री वितरण कार्यक्रम गरिएको छ ।
समाजका केन्द्रीय अध्यक्ष ओम श्रेष्ठ ‘रोदन’ को प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रमको सभापतित्व नेपाल स्रष्टा समाज, बागमती प्रदेशका संयोजक रविन्द्र आशिष शैलीले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले, “साहित्य समाजको ऐना हो ।” भन्दै यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा सिर्जनशीलता, संवेदना र सामाजिक चेतना अभिवृद्धि गर्ने कार्य गर्ने भनी बताए । ग्रामीण विद्यालयसम्म साहित्यिक अभियान पु¥याउनु हाम्रो साझा जिम्मेवारी रहेको बताउँदै उनले विद्यार्थीहरूलाई कवितामार्फत आफ्ना भावना र दृष्टिकोण व्यक्त गर्न प्रेरित गर्दै साहित्यिक गतिविधिको निरन्तरताको प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
संयोजक रविन्द्र आशिष शैलीले यस्ता कार्यक्रमले साहित्य र शिक्षा दुवैलाई प्रवद्र्धन गर्ने भन्दै आगामी दिनमा अझ व्यापक रूपमा यस्ता कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका थिए । विद्यालयका सहप्रधानाध्यापक रमेश अधिकारीले विद्यालयको अवस्था र विद्यार्थीहरूको शैक्षिक अवस्थाबारे जानकारी गराउदै स्वयंले पनि कविता वाचन गरेका थिए । विद्यालयका विद्यार्थीहरुले सामाजिक सन्देशले भरिएका कविता वाचन गरेर कार्यक्रममा जीवन्तता थपेका थिए । विद्यार्थीहरूले आफूले लेखेका र भावनाले भरिएका कविताहरू प्रस्तुत गर्दा उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो ।
कार्यक्रमको विशेष आकर्षणको रूपमा, विद्यार्थीहरूलाई शैक्षिक सामग्री (कपी, कलम, पेन्सिल, र अन्य अध्ययन सामग्री) वितरण गरिएको थियो । सामग्री प्राप्त गर्दा विद्यार्थीहरूको अनुहारमा देखिएको मुस्कान र उल्लासले उनीहरूमा उत्पन्न भएको आत्मबल स्पष्ट झल्किएको थियो ।
कार्यक्रममा सल्लाहकार पवन आलोक, वडा अध्यक्ष रमेशकुमार लामिछाने तथा महासचिव देविका तिमल्सिना, सचिव प्रकाश घायल, सदस्यहरू मधु पाठक, शंकर भारती, माधव बिडारी, सुष्मा आचार्य अंशु, एलिसा ढुंगाना लगायत अन्य स्रष्टा तथा साहित्यिक व्यक्तित्वहरूकोे उपस्थिति रहेको थियो ।
नेपाल स्रष्टा समाजको काव्य वाचन
Facebook Comments Box
