काठमाडौं/ गिद्धे प्रेस सोमनाथ घिमिरे राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८२ बाट पत्रकार बि.पी.कोइरालाा सम्मानित हुनु भएको छ ।
यस्तै अमर स्रष्टा सत्यमोहन जोशी सिर्जना पुरस्कार २०८२ साहित्यकार श्याम प्रधानलाई प्रदान गरिएको छ । सञ्चार मञ्च प्रा.लि.ले राजधानीमा आयोजना गरेको सम्मान कार्यक्रममा पत्रकारतर्फ कोइराला र साहित्यकारतर्फ प्रधान गरी दुइजनालाई सम्मानित गरिएको हो ।
पत्रकार कोइरालाले पछिल्लो ढेड दशकभन्दा बढी समयदेखि नेपाली पत्रकारिता र सामाजिक कार्यमा दिएको योगदानको मूल्यांकन गर्दै उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । कोइरालाले अन्नपूर्ण मिडिया नेटवर्क अन्तर्गत खोज पत्रकारिता लक्षित कार्यक्रम ‘थिम अफ द मन्थ’ चलाएर नेपालमा नक्कली पिएचडी, आयल निगमको घोटला, कालाबजारी लगायत अनेक विषयलाई उजागर गरेका छन् । यसैगरी २०७२ सालको भूकम्पको समयमा इमेज टिभिमा कार्यरत रहँदा पत्रकार कोइरालाले जोखिम क्षेत्रमा पुगेर अनेकौँ टीभी रिपोर्ट तयार गरेका थिए ।
राज्यको सेवा सुविधावाट वञ्चित भूकम्पपीडितको समस्या सरोकारवाला समक्ष पु¥याएर कयौँको उद्धार र राहतमा सहजीकरण कोइरालाले गरेका थिए । यस्तै निरन्तर सूचनाको हक प्रयोग गर्दै कोइरालाले स्थानीय तहमा अनियमतता र भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण योगदान दिएका छन् । पत्रकारिताका साथ साथ पछिल्लो एक दशकभन्दा अधिक समयदेखि जारी नशामुक्त नेपाल समृद्ध नेपाल नामक अभियानमा महत्वपूर्ण भूमिकामा रहेर आठ हजारभन्दा बढी व्यक्तिहरुलाई कुलतबाट बाहिर निकाल्ने कार्यमा कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताइएको छ ।
यस्तै पुरस्कृत कोइराला आध्यात्मिक संगठन भगवती मानव कल्याण संगठनमा आवद्ध रहेर एक करोड वृक्षारोपणको अभियान एक वृक्ष राष्ट्रको नाममा समेत सक्रिय रुपमा सहभागी भएर जनतालाई सुसुचित गर्दै अभियानलाई मेचीदेखि महाकालीसम्मै पु¥याउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । कोइरालासँग नेपाल वान टेलिभिजन, हिमशिखर टेलिभिजन, इमेज टेलिभिजन, राष्ट्रिय समाचार समिति, माउण्टेन टेलिभिजन, गिद्दे प्रेस, सप्तकोशी खबर, शुभारम्भ मासिक पत्रिका, अन्नपूर्ण मिडिया ग्रुप लगायत झण्डै १ दर्जन मिडियामा कार्य गरिसकेको अनुभव छ ।
पुरस्कार प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरीबाबु महर्जनले सत्यमोहनको योगदान र ललितपुर नगरले उहाँको सम्मानमा गरेको कामका बारे चर्चा गर्दै यस्ता अभियानले सत्यमोहन जोशीको योगदान जीवन्त हुने र पुरस्कृत व्यक्तिको पनि उचित मूल्यांकन हुने बताए ।
कार्यक्रममा डा. तुलसी भट्टराईले साहित्यमा सत्यमोहन जेशीको योगदानलाई चीरकालसम्म सम्झाउन यस्ता कार्यक्रम प्रभवकारी हुने बताउँदै पुरस्कृत प्रधान यस्ता पुरस्कारको हक राख्न सक्ने प्रतिभा भएको बताए ।
यस्तै कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेले साहित्य र पत्रकारितालाई संँगसँगै जोडेर गिद्धे प्रेसले गरेको काम उदाहरणीय भएको बताए । कार्यक्रममा वरिष्ठ पत्रकार सोमनाथ घिमिरेले आफ्नो नामबाट पुरस्कार स्थापन गरेको सुनेर आश्चर्यमा परेको बताउँदै वर्तमान समयमा नेपाली पत्रकारिता जोखिममा रहेको बताए । पुरस्कृत प्रधानले यसरी यति ठूलो नामसँंग जोडिएको पुरस्कार आपूmले प्राप्त गरूंँला भन्ने कल्पना नगरेको बताउँदै पुरस्कारले साहित्यसेवामा सक्रिय भएर काम गर्न अझ हौसला मिलेको बताए ।
यस्तै कार्यक्रममा गिद्धे प्रेसका सम्पादक एवं संचालक कवि ठाकुर बेलवासेले साहित्य र पत्रकारिताका क्षेत्रमा यसरी पुरस्कार स्थापना गर्दा संस्था अझ बलियो हुने र कामको क्षेत्र फराकिलो हुने बताए । उनले यी पुरस्कारहरूलाई स्थागत बनाउने प्रण समेत गरे । बेलवासेले भ्यूज र पैसाका लागि मात्रै गिद्धे प्रेसले काम नगरेको बताउँदै आपूmहरूले प्रशारण गरेका हरेक सामग्री अर्काइभमा सुरक्षित गरेको बताए ।
पत्रकार बि.पी. कोइराला सम्मानित
Facebook Comments Box
