काठमाडौं/ भ्रष्टाचार र कुशासनले रेकर्ड तोडेको भनी प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली नेतृत्वको वर्तमान सरकारमाथि आरोप लाग्ने गरेको छ ।
घुस प्रकरणमा मुछिएका भनिएका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई ३२ लाखको घुसकाण्ड अडियो सार्वजनिक हुँदा पनि बर्खास्त गर्नुको सट्टा एमालेले सुनपानी छर्केर चोख्याउने प्रयत्न गरेको भनी एमालेका अध्यक्ष समेत रहेका ओलीमाथि आरोप लागेको छ । त्यही प्रकरणमा तात्कालिन सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई राजीनामा गर्न बाध्य बनाइएको थियो ।
पोखराको लिचीबगान नामको १३४ रोपनी जग्गा दर्ता गर्न विचौलिया (दलाल) सुजन लामाले तात्कालिन भूमि व्यवस्था मन्त्री रञ्जिता श्रेष्ठ र हालका मन्त्री अधिकारी तथा केही समय अगावै अवकाश भएका सचिव अर्जुन पोख्रेललाई रकम बुझाएको अडियो प्रकारणले ओली नेतृत्वको सरकारको सुशासन भ्वाङ्ग परेको जानकारहरुले बताएका छन् । हाल ७८ लाख घुस प्रकरणमा तात्कालिन मन्त्री गुप्ता र बिचौलिया लामाले बयान दिएको अख्तियार श्रोतले जानकारी दिएको छ ।
३२ लाख घुस प्रकरणमा मन्त्री अधिकारी र लिची बगैंचा काण्डमा श्रेष्ठलाई पनि बयान लिन सक्ने बताइएको छ । आगामी विधान महाधिवेशनमा पत्ता साफ हुने डरले प्रधानमन्त्री ओलीले घुसकाण्डको बात लागेका मन्त्री अधिकारीलाई सुनपानी छर्केर नैतिकवान् सावित गर्न खोजेको राजनीतिक वृतमा चर्चा चलेको छ । यता, आफू अशुद्ध रहेकै अवस्थामा हतार हतारमा फाष्टट्याक प्रकृयाबाट भूमि विधेयक पारित गराउन खोजेपछि एमालेका मन्त्री एवं नेताहरुको कार्यशैलीप्रति काँग्रेस असन्तुष्ट बन्न पुगेको छ ।
जग्गा घोटलामा मुछिएका मन्त्रीले पदमै रहेर भूमि विधेयक अगाडि बढाई विधायन समितिमा छलफल नै नगरी फास्ट ट्रयाकबाट पारित गर्न खोजेपछि काँग्रेसका दुइजना महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले संशोधन प्रस्ताव दर्ता गराएका छन् । भ्रष्टाचारको ढाकछोपको लागि ल्याइएको र आफ्ना कार्यकर्ताहरु पोस्न लगाइएको भन्दै डा. शेखर कोइराला लगायतले यसमा आपत्ति जनाएका छन् ।
घुस प्रकरणमा मुछिएका मन्त्रीलाई सुनपानी
Facebook Comments Box
