काठमाडौं/ एउटा प्रशासक निर्मम बन्दा र स्वार्थ नराख्दा सेवाग्राहीले छिटो छरितो सेवा पाउने विभागका रुपमा बैदेशिक रोजगार विभाग उदाहरण बन्न पुगेको छ । विभागमा महानिर्देशकका रुपमा भट्टराईले जिम्मेवारी सम्हालेपछि दुई मिनेटमै श्रम स्वीकृति र स्वचालित प्रणालीबाट सेवा शुरु भएको छ ।
भट्टराई आउनुभन्दा अगाडि विभाग रहेको ताहचलमा सेवा लिनेहरुको अत्याधिक भीड र देनिक ५० लाखसम्म श्रम स्वीकृति शाखामा घुसको लेनदेन हुने गरेको तथ्य रास्वपाका सांसद एवं पूर्व श्रम तथा रोजगार मन्त्री डी.पी. अर्यालले उजागर गरिसकेका छन् । हाल श्रमस्वीकृति लिने व्यवस्थालाई महानिर्देशक भट्टराई र निर्देशक उपेन्द्र पौडेलले सहज र सरल बनाएको सरोकारवालाहरुले बताएका छन् ।
गत २०८२ बैशाख २२ गते विभागको जिम्मेवारी सम्हालेका भट्टराईले विभागको सम्पूर्ण सेवा फेसलेस र पेपरलेस बनाएर सेवाग्राहीलाई सहज बनाइदिएका छन् । लथालिङ्ग अवस्थामा रहेको सेवालाई सुधार गरी खोजेको फाइलहरु त्ुरुन्त उपलब्ध हुने व्यवस्था मिलाएको श्रोतले बताएको छ । यता, विभागमार्फत २०८१/०८२ मा बैदेशिक रोजगारीका लागि ८ लाख बढी नेपाली युवाले श्रम स्वीकृति लिएको समाचार श्रोतले बताएको छ । बैदेशिक रोजगारीका नाममा हुने ठगी र आर्थिक चलखेल नियन्त्रण गर्न विभागले तीब्र अनुगमन शुरु गरी म्यानपावर कम्पनी र कन्सल्टेन्सीहरुमा एकसाथ कारबाही थालेको बताइएको छ ।
सुधारवादी प्रशासकका रुपमा चिनिएका भट्टराईले ठगी नियन्त्रण गर्न सेवा शुल्क नतोकी मनपरी रकम असुल्नेहरुलाई तीब्र अनुगमन शुरु गरेका छन् । यसरी बैदेशिक रोजगार विभागलाई विगतमा हुने गरेको घुसको अखडाबाट मुक्त बनाई श्रमिकहरुको हक र हितका पक्षमा महानिर्देशक भट्टराई र निर्देशक पौडेल कृयाशील रहेको समाचारमा उल्लेख गरिएको छ ।
बैदेशिक रोजगार विभागले शुरु ग र्यो ‘एक्सन’
Facebook Comments Box
