फिस टनेल एक्सपो एवं महोत्सव

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ काठमाडौं जिल्लाको कागेश्वरी मनोहरा वडा नं. ८ गोठाटार कृष्णमन्दिर नजिक लभडाँडामा आज शुक्रबारदेखि डुकाउ (लवडाँडा) फिस टनेल एक्सपो एवं साँस्कृति व्यापार महोत्सव २०८२ हुने भएको छ । संयुक्त नेपाल मेला महोत्सव प्रा.लि.को आयोजनामा काठमाडौंमा पहिलो पटक फिस टनेल (ँष्कज त्गललभ)ि मा एक हजारभन्दा धेरै समुद्री माछा हेर्न पाइने आयोजकले जनाएको छ ।
भदौ २१ गतेसम्म चल्ने उक्त एक्सपो काठमाडौंमै पहिलो पटक विभिन्न किसिमका हजारधन्दा धेरै सामुद्रिक माछा टनेलमा छिरेर हेर्न पाइने बताइएको छ । काम र व्यस्तताको बावजुद, काठमाडौँको भिडभाडबाट केही क्षणको लागि भए पनि उक्त महोत्सवमा गएर अन्डरवाटर एकोरियमको मज्जा पनि लिन सकिने बताइएो छ । महोत्सवमा हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरुको विशेष साँस्कृतिक प्रस्तुती समेत रहने बताइएको छ । महोत्सवमा विभिन्न खालका खेल सामग्रीहरू पिङहरू सुनामी पिङ लगायत आधुनिक खेलहरुको मज्जा लिन पाइने छ ।
डुकाउ फिस टनेल एक्सपो एवं सांस्कृतिक व्यापार महोत्सव २०८२ मा बालबालिकाका विभिन्न खेल सामग्री तथा १०० भन्दा धेरै सपिङ स्टल रहेको आयोजक दीपक दाहालले जानकारी दिए । स्थानीय व्यापार प्रवद्र्धनका लागि २५% सम्म छुटमा सामानहरू बिक्री वितरण गरिने छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *