काठमाडौँ/ राष्ट्रिय समाचार समिति (रासस) को रिक्त महाप्रबन्धक पूर्ति गरिएको छ । पत्रकार सन्दीप राईलाई सरकारले सोमबार नियुक्त गरेको हो । मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेका राई प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहनु भएको छ ।
दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न राई पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा हुनुहुन्छ । राईले मोफसल र राजधानी काठमाडौँमा रहेर विभिन्न सञ्चारमाध्यममा काम गरेको अनुभव छ । तात्कालीन भौतिक पूर्वाधार तथा यात्रायातामन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजकसमेत रहनु भएका राईसँग विभिन्न पत्रपत्रिका, रेडियो र अनलाइनमा काम गरिसकेको अनुभव रहेको बताइएको छ ।
Facebook Comments Box
