सडक विभागमा को को हुँदैछन् सू.ई.मा बढुवा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागबाट आगामी पुससम्म ५८ वर्ष पुगेका बुढा सुपरिटेण्डेन्ट इन्जिनियरहरु लगभग अवकाश हुने भएका छन् ।
आगामी असोजमा रेल विभागका महानिर्देशक रविन्द्रलाल दास र पुसमा उत्तर दक्षिण सडक आयोजनाका निर्देशक नवीनमान श्रेष्ठले अवकाश पाउने बताइएको छ । यिनीहरुको अवकाशपछि केही समयसम्म मन्त्रालय र विभागमा युवा सुईहरुको हालीमुहाली चल्नेछ । यो आर्थिक वर्षभित्र अवकाश हुने सुईहरु समेत गरी चारजनाको सुपरिटेन्टेन्ट इन्जिनियरमा बढुवा हुने भएको छ । जसमा ज्येष्ठताका हिसाबले हाल संघीय सडक पोखरामा कार्यरत सिडिई राजेश पौडेल १ नम्बरमा रहेका छन् । उनको मास्टर डिग्री नभएको जानकारहरुले बताएका छन् । सिडिई पौडेल रंगिला स्वभावको भएको चर्चा चलेको छ ।
त्यसैगरी दोस्रो नम्बरमा विजय महतो (एचआई एमएस) र तेश्रो नम्बरमा सुजन अधिकारी (राष्ट्रिय सतर्कता केन्द्र) रहेका छन् । यिनीहरुमध्ये एकजना लिखितमा र बाँकी ३ जनाको फाइल बढुवा हुने बताइएको छ । खाली हुने ४ वटा सिटहरुमा दास र श्रेष्ठ बाहेक सू.ई. प्रेम खत्रीले राजीनामा दिएर तथा बाबुराम सापकोटाको अनिवार्य अवकाश भएपछि रिक्त बनेको हो ।
अहिले सडक विभाग अन्तर्गतका मर्मत सम्भार महाशाखा, मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आयोजना र गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुखहरु खाली रहेका छन् । यीमध्ये मर्मत सम्भार महाशाखाको जिम्मेवारी लिन सू.ई. हरिकुमार पोखरेलको दौडधुप चलेको छ । यता, रिक्त सुरुङ्गमार्ग (टनेलमार्ग) मा सौजन्य नेपालले जिम्मेवारी लिएर विभागमा प्रवेश गरेका छन् । सडक जिम्मेवारी लिएर विभागमा डा. विजय जैसीले महानिर्देशकको रुपमा कार्यभार सम्हालेपछि पूर्व महानिर्देशक रामहरि पोखरेलको कार्यकालमा भन्दा धेरै प्रगति भै गतिलिन थालेको जानकारहरुले बताएका छन् ।
यता, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सचिव केशवकुमार शर्माले रुग्ण ठेक्कालाई कसरी टुंग्याउने भन्दै निरन्तर छलफलमा जुटेका छन् भने निर्माण व्यवसायीहरुले काम गरेको भुक्तानी पाएपछि दङ्ग परेको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *