भन्सार विभागमा भण्डारी महानिर्देशक

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि भन्सार विभागमा १३ महिनामा ४ जना महानिर्देशक परिवर्तन गरेका छन् । अर्थतन्त्रलाई चलायमान बनाउन नसकेका अर्थमन्त्री पौडेलले भन्सार विभागको महानिर्देशक परिवर्तन गर्दै १३ महिना बिताएका हुन् ।
पौडेल अर्थमन्त्री बन्दा भन्सार विभागको महानर्दिेशक ढुण्डीप्रसाद निरौला थिए । निरौलाको सरुवा गरेर गत २०८१ भद्र २ गते हरिशरण पुडासैनीलाई ६ महिनामै विभागबाट हटाई २०८१ प्mागुन १ गते सहसचिव महेश भट्टराईलाई पठाएका थिए । भन्सार विभागमा हरेक नयाँ सहसचिवहरुको क्षमता जाँच गरेका अर्थमन्त्री पौडेलले गत श्रावण ३० गते भट्टराईलाई ६ महिनामा सरुवा गरी सहसचिव श्यामप्रसाद भण्डारीलाई भन्सार विभागको नेतृत्व हस्तान्तरण गरेका छन् ।
वार्षिक ५ खर्ब रुपियाँ राजश्व संकलन गर्ने जिम्मेवारी पाएको भन्सार विभागमा विचौलिया र स्वार्थ जोडिएका व्यापारीहरुको कब्जामा रहेको जानकारहरुले बताएका छन् । राजश्व संकलनका लागि भन्सार विभाग र आन्तरिक राजश्व विभाग मन्त्रालयको मेरुदण्ड मानिन्छ । आन्तरिक राजश्व विभागमा महानिर्देशक महानिर्देशक मदन दाहालले राजश्व उठाउन सकृय पूर्वक भूमिका निर्वाह गरेको समाचार श्रोतले बताएको छ । पछिल्लो पटक ६ महिना नपुग्दै सरुवा गरिएका भट्टराईलाई विद्युतीय गाडी आयात प्रकरणले हटाएको बताइएको छ ।
गत श्रावण ३० गते भएको सरुवामा सम्पत्ति शुद्धीकरण विभागमा महानिर्देशक रहेका सहसचिव सुमन दाहाललाई मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखालाई सरुवा गरिएको छ भने भट्टराईलाई आर्थिक नीति विश्लेषण महाशाखामा लगिएको छ । त्यसैगरी टंकप्रसाद पाण्डे योजना अनुगमन तथा मूल्याङ्कन टंकनाथ लम्साल त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय प्रमुख र दीलिपकुमार गौतमलाई ठूला करदाता कार्यालय प्रमुख र पदम कुमार श्रेष्ठलाई मध्यमस्तरीय करदाता कार्यालय बबरमहलको प्रमुखको जिम्मेवारी दिएको छ ।
वीरगञ्ज भन्सार कार्यालय देशको सबैभन्दा बढी राजश्व उठाउने अड्डामा विष्णुप्रसाद ज्ञवालीलाई प्रमुख भन्सार प्रशासक बनाएर एमाले समर्थित सहसचिवहरुलाई रजगज गर्ने मौका दिइएको छ । यो हेरफेरले अर्थतन्त्रको लक्ष्य पूरा हुन्छ कि हुँदैन त्यो हेर्न बाँकी नै रहेको समाचारमा उल्लेख छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *