‘मिस्टर एन्ड मिस इस्टपोल’ उपाधी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ विश्वकिर्तीमानी कलाकार छिरिङ शेर्पाको संयोजकत्वमा ‘मिस्टर एन्ड मिस इस्टपोल २०८२’ पहिलो संस्करणको ग्रान्ड फिनाले शनिबार नेपाल पुलिस क्लबमा सम्पन्न गरेका छन् । उपाधि मिस्टरतर्फ नुर दाहाल र मिसतर्फ विदुषी शाहले जितेका छन् । विजेता दुवैले एक वर्षको छात्रवृत्तिसँगै विभिन्न पुरस्कार हात पारेका थिए ।
सिएस इन्टरटेनमेन्ट नेपालले इस्टपोल सेकेण्डरी स्कुलसँग सहकार्य गर्दै आयोजना गरेको प्रतियोगितामा मिस्टरतर्फ डेरियस महतोर मिसतर्फ छोंगी लामा फस्टरनरअप, मिस्टरतर्फ ह्यान्सन लामार मिसतर्फ बियांकारोशन पौडेल सेकेण्डरनरअप घोषित भए । फस्टरनर अपले ६ महिनाको छात्रवृत्तिर सेकेण्डरनर अपले ३ महिनाको छात्रवृत्ति पाएका छन् ।
मिस्टरतर्फ नमन्य लोप्चनर मिसतर्फ कृशा राउत ‘पब्लिक च्वाइस विनर’ र मिस्टरतर्फ डेसमण्ड घिसिङर मिसतर्फ लछेन घिसिङ ‘भ्युअर्स च्वाइस विनर’ घोषित भए । पब्लिक च्वाइस विनर विजेताले १० हजार रुपियाँ र भ्युअर्स च्वाइस विनरले ५ हजार रुपियाँ जितेका छन् ।
नेपालकी प्रथम नायिका भुवन चन्द प्रमुख निर्णायक रहेको प्रतियोगितामा मोटिभेसनल स्पिकरर साइकोलोजिकल काउन्सिलर अशोककुमार दाहाल, ‘मिस नेपाल २०२०’ नम्रता श्रेष्ठ, पत्रकार तथा कराँते राष्ट्रिय रेफ्रि करण तामाङ, नेसनल चाइल्डराइट्स काउन्सिलका अध्यक्ष बमबहादुर बानियाँ, लेखक तथा उपन्यासकार भीष्मराज फुलारार गायक लाक्पा शेर्पा निर्णायक थिए । निर्णायक सदस्य सबैलाई उत्कृष्ट सम्मान प्रदान गरिएको थियोे ।
कार्यक्रममा नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङ, टेलिफिल्म लेखक तथा निर्देशक दिवाकर भण्डारी ‘सापटी काका’ र न्यु लाइफ नेपालका संस्थापक अध्यक्ष राजेन्द्रकुमार खनाललाई विशेष सम्मान गरिएको थियो ।
टेलिभिजन प्रत्यक्ष प्रसारणका साथ सम्पन्न गरिएको कार्यक्रममा उत्कृष्ट सहभागी र निर्णायकहरुको निष्पक्ष निर्णयले कार्यक्रमले थप सफलता पाएको इष्टपोल विद्यालयले जनाएको छ ।
प्रतियोगिताका संयोजक कलाकार छिरिङ शेर्पाले विद्यार्थीहरूको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धिरराष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्ने अवसर सिर्जना गर्न प्रतियोगिता आयोजना गरिएको बताउनुभएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *