मिष्टर नेपाल बने हिमाञ्चल

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौंँ/ ‘मिष्टर नेपाल वल्र्ड’ को उपाधि ललितपुरका हिमाञ्चलराज के.सी.ले जितेका छन् ।
शनिबार होटल सोल्टीमा आयोजित ‘मिष्टर नेपाल २०२५’ को ग्राण्ड फिनालेमा उनले यो उपाधि हात पारेका हुन् । ‘मिस्टर नेपाल’ भनेर चिनिँदा एकदमै खुशी लागेको के.सी.ले सो अवसरमा बताए । उनले उपाधिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम उँचो राख्ने जिम्मेवारी थपिएको धारणा राखेका थिए ।
तीन शिर्ष विजेता छानिएको प्रतियोगीतामा भद्रपुर झापाका गिरिश रत्न शाक्य ‘मिष्टर ग्लोबल नेपाल’ र मोरङका प्रकाश चौहान ‘म्यान अफ द वल्र्ड’ घोषित भएका थिए । विजेता शाक्य र चौहानले उपाधिले आफ्ना लागि नयाँ अवसरको ढोका खोलेको बताएका छन् । यो अवसर अन्तर्राष्ट्रिय प्लेटफर्ममा सदुपयोग गर्ने धारणा राखे ।
विजेताहरुले ‘मिस्टर वल्र्ड २०२५’, ‘मिष्टर ग्लोबल २०२५’ र ‘म्यान अफ द वल्र्ड’ मा नेपालको प्रतिनिधित्वको अलवा ५ लाख बराबरको पुरस्कार हात पारेका आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा २८ युवाले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । प्रतियोगीतामा मिष्टर मल्टिमिडिया र मष्ट एक्टिभ प्रकाश चौहान, मोष्ट ट्यालेन्ट विजय स्याङतान, बेष्ट फिजिक लक्ष्मण चन्द ठकुरी, मोष्ट पपुलर अस्टिन शेरचन, बेष्ट पर्सनालिटी हिमाञ्चलराज के.सी., मिष्टर कमर्सियल आशिष गिरी, मोष्ट इन्टलेक्चयुल सक्रिय घिसिङ तामाङ, मिष्टर स्टाइल आइक निश्चिल मानन्धर, बेष्ट स्पोटम्यान दर्पण सिंह गिरी, मोष्ट क्रियटिभ सबल कटुवाल, जेन्टलम्यान वीथ प्रोपोस गिरिश रत्न शाक्य रहेका थिए ।
सबै प्रतियोगी स्वमिङ, फुटबल, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिक स्पिकिङलगायतका दर्जन बढी विषयको प्रशिक्षणसहित फाइनलमा उत्रिएको आयोजक नेक्स्ट मोडल्स नेपालका सिइओ रवि धमलाले बताए । प्रतियोगिताको कोरियोग्राफर तथा मेन्टरसिप प्रशान्त ताम्राकार रहेका थिए ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर लगायत नेतृत्वदायी क्षमता विकास गर्ने उदेश्यले यो प्रतियोगिता सन् २००१ देखि नियमित हुँदै आएको बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *