काठमाडौ/ मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’ सम्पन्न भएको छ । यसको उपाधि यस वर्ष पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङले जितेका छन् ।
होटल सोल्टीमा सम्पन्न फिनालेमा उनीहरूले उपाधिसँगै जनही तीन लाख ५० हजार रुपियाँ नगद पुरस्कार प्राप्त गरेका भनी आयोजकले घोषणा गरेका छन् । यस प्रतियोगिताको आयोजना ‘यू क्यान फ्लाई मोडलिङ एजेन्सी’ ले गरेको हो ।
कार्यक्रममा गणेश क्षत्री र एलिना चौधरी फस्ट रनरअप, एलेन थापा र प्राश्ना श्रेष्ठ सेकेण्ड रनरअप तथा इर्भान वीर कंशाकार र प्रतिष्ठा रिजाल थर्ड रनरअप घोषित भएका थिए । नेपाली मोडलहरूलाई स्वदेशमै अवसर दिने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको एजेन्सीकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले जानकारी दिइन् । उनले “प्रतियोगिताले नेपाली मोडलहरूलाई अन्तर्राष्ट्रियस्तरको मञ्च दिन थालेको छ । यसले मोडलिङका लागि विदेश जानुपर्ने बाध्यता हटाउने सम्भावना देखाएको छ ।” भनिन् ।
कार्यक्रमबारे बोल्दै एजेन्सीका संस्थापक सम्शाद शाहले ‘द फेस नेपाल’ जस्ता प्रतियोगिताहरूले प्रतिभावान् युवाहरूका लागि मोडलिङ क्षेत्रको ढोका खोल्ने काम गरिरहेको बताए ।
‘द फेस नेपाल भोल्युम ५’ मा को ?
Facebook Comments Box
