मन्त्री घिसिङको अनुगमनपछि बीपी राजमार्ग ध्वस्त

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ जेन–जीको बलमा भौतिक पूर्वाधार तथा यातायात र ऊर्जामन्त्री बनेका कुलमान घिसिङले गत वर्ष बाढीले बीपी राजमार्गमा पु¥याएको क्षति पछाडिको पुनःनिर्माणको अवस्था बुझ्न राष्ट्रिय चाड दशैंको नवमीको दिन सडक विभागका महानिर्देशकक डा. विजय जैशीसहित फिल्डमा पुगेका थिए । संघीय राजधानीलाई पूर्वी क्षेत्रसँग जोड्नको लाििग महत्वपूर्ण मानिने बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो ।
कुल १६० कि.मी. लम्बाइको बीपी राजमार्ग गत २०८१ असोज ११ र १२ को बाढीले ३०.५ कि.मी. सडक क्षतिग्रस्त बनेको थियो । गत वर्ष खड्गप्रसाद शर्मा ओली नेतृत्वको सरकारका भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल र तात्कालीन सडक विभागका महानिर्देशक रामहरि पोखरेलको हेलचेक्रयाइँका कारण पुनःनिर्माण ढिलो हुँदा यात्रुहरुले सास्ती व्यहोर्न बाध्य बनेका थिए । मन्त्री बनिसकेपछि घिसिङले चाडपर्वमा काठमाडौं आवात जावत गर्ने यात्रुहरुले सास्ती नभोग्न सहज ट्राफिक व्यवस्थापन र पुनःनिर्माण कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका थिए ।
विडम्बना त्यसको २ दिनपछि असोज १७ र १८ गतेको भीषण वर्षापछि रोशी खोलामा आएको बाढीले बीपी राजमार्ग फेरि ध्वस्त भएको छ । मर्मतका लागि खर्चिएको करोडौं लगानी स्वाहा बन्न पुगेको छ । बाढीले गत वर्ष क्षति बनाएको चौकी डाँडा–नेपालचोक लगायतका स्थानमा कटान गरेपछि पूर्णरुपमा राजमार्ग बन्द भएको छ । क्षतिग्रस्त सडकलाई यथाशक्य मर्मत गरी खुलाउन काम शुरु भै सकेको स्रोतले बताएको छ । गत वर्षकै ठेक्काको काम यो दशैं पछाडि गर्ने हिसाबले अगाडि बढेको सडक डिभिजनका प्रमुखहरुले जानकारी दिएका छन् ।
बाटो नबन्दासम्म यात्रुहरुले पुष्पलाल (मध्यपहाडी) मार्ग प्रयोग गरी राजधानी आवातजावत गर्ने गरेको स्रोतले बताएको छ । हाललाई क्षतिग्रस्त ठाउँमा अस्थायी डाइभर्सन राखेर सडक खुलाउने प्रयासमा डिभिजन सडक लागेको छ । उता, भौतिकमन्त्री घिसिङले २३४ वटा रुग्ण ठेक्का तोड्ने बताएका छन् । जेन–जी समूहको जनताको सरकारको नेतृत्व गरेका भौतिकमन्त्री घिसिङले सडक विभागमा काम नगर्ने तर कमिशनका लागि मरिहत्ते गर्ने सुपरिटेण्डेन्ट इन्जिनियर र सिडिइहरुको पहिचान गरी ठेक्कालाई रुग्ण बनाउन अभिप्रेरित गर्नेहरुलाई छानविन गरी कारबाही गर्नुपर्ने आवाज उठ्न थालेको छ । विगत वर्षहरुमा सडक विभागको नेतृत्व गर्नेहरुले कमिशनमा लिप्त हुने प्रवृत्तिले ठेक्का रुग्ण बनेको बताइएको छ ।
हालका मन्त्री घिसिङ र सडक विभागका महानिर्देशकक डा. जैशीको सकृयताले सडक निर्माणले गती लिने अपेक्षा गरिएको छ । भौतिक सचिव केशवकुमार जसो बाहुन बाजे उसै स्वाहा भन्ने चर्चा चलेको छ ।
यसैबीच मन्त्री घिसिङ बाढीले ध्वस्त पारेपछि बीपी राजमार्गको चौकीडाँडा लगायतको क्षेत्रमा सचिव केशवकुमार शर्मा, सडक जिभागका महानिर्देशक डा. विजय जैशी लगायतको टोलीसहित दोश्रो पटक अनुगमनमा निस्किएका छन् । यथासक्य चांँडो क्षतीग्रस्त सडकलाई पहिलेकै स्वरुपमा बनाउन निर्देशन मन्त्री घिसिङले दिएको जानकारी प्राप्त भएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *