नागरिक उड्डयनका डिजीमाथि जेन–जीको आँखा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई असोज २७ गते सिनामंगलस्थित कार्यालयमा जेन–जी समूहका व्यक्तिहरुले हालयकालय पारेका छन् । यसअघि उक्त समूह नेपाल वायुसेवाको केन्द्रीय कार्यालय न्यूरोड पुगेर कार्यकारी अध्यक्ष युवराज अधिकारीसँग ने.वा.नि.को अनियमितता र लाउडा, चेजएयर काण्ड लगायतका विषयमा जानकारी लिएका थिए ।
नागरिक उड्यन प्राधिकरणमा प्रदीप अधिकारीले पैसाको बोरा विच्छ्याएर वरिष्ठहरुलाई पाखा लगाई महानिर्देशक बनेपछि भ्रष्टाचारको खेती मौलाएको सरोकारवालाहरुले बताएका छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा आयोजना प्रमुख रहेका अधिकारीमाथि १५ अर्ब रुपियाँ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाइएको छ । तात्कालीन सार्वजनिक लेखा समितिले उक्त आरोप लगाएको हो । त्यसपछि अख्तियार दुरुपयोग अनुसन्धान आयागले सिनामंगलस्थित प्राधिकरणको कार्यालयमा छापा मारेर कागजपत्रहरु नियन्त्रणमा लिएको थियो ।
‘राष्ट्रिय भ्रष्ट’ को आरोप लाग्दै आएका महानिर्देशक अधिकारी त्यो दिन पक्राउ पर्ने डरले लुक्लामा बास बसेको तथ्य खुलेको छ । पोखरा विमानस्थलको १५ अर्ब रुपियाँ बराबरको भ्रष्टाचार काण्डमा महानिर्देशक अधिकारीसँग ई. बाबुराम पौडेल, प्रबन्धक चाँदमाला श्रेष्ठ, राजेन्द्रप्रसाद पौडेललगायतलाई निलम्वन र कारबाहीका लागि सिफारिस गरिएको बताइएको छ । उता, महानिर्देशक अधिकारी अख्तियारलाई चुनौती दिँदै छाती फुलाएर डन शैलीमा हिँडिरहेको स्रोतले बताएको छ ।
नेकपा (एकीकृत समाजवादी) बाट मन्त्री बनेका प्रेमबहादुर आले, नेकपा (माओवादी केन्द्र) का सुदन किराँतीदेखि नेपाली काँग्रेसबाट मन्त्री बनेका बद्रीप्रसाद पाण्डेसम्मलाई दानापानी भरेर पद जोगाउन अधिकारी सफल भएका थिए । अधिकारीको चास्नीमा मन्त्रीबाहेक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी गंगा दाहाल र काँग्रेस नेतृ आरजु राणा समेत डुबेको आरोप लगाइएको छ ।
गत असोज २४ गते शुक्रबार फिस्टेल एयरको हेलिकोप्टरलाई ५–६ लाखमा चाटर्ड गरेर विचौलियासहित अधिकारी लुक्ला पुगेको र त्यसमा एक पूर्वन्यायाधीश पनि रहेको समाचार श्रोतले बताएको छ । यसरी महानिर्देशक अधिकारीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र सिनामंगलस्थित केन्द्रीय कार्यालय तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे एवं पोखरा विमानस्थलमा कुम्ल्याएको १५ अर्ब भ्रष्टाचारबाट जोगिन पूर्वन्यायाधीशमार्फत अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीलाई हारगुहार गरे पनि जेनजी समूहले एक एक गरेर हिसाब किताब गरी अख्तियारलाई जिम्मा लगाउने तयारी भैरहेको श्रोतले बताएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *