इजरायलमा पढ्न भनी गएका नेपाली विद्यार्थी विपीन जोशी दुई वर्षअघि त्यहाँ भएको आक्रमणमा परी सँगैका साथीहरुलाई जोगाउने क्रममा नियन्त्रणमा परेका थिए । हमासको नियन्त्रणमा परेर ज्यान गुमाएका नेपाली युवा विपीन जोशीको सम्झनामा बुधबार काठमाडौंको माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ । ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत नेपालबाट इजरायल पुगेका विपीनलाई इजरायल र हमासबीचको युद्धका क्रममा हमासले नियन्त्रणमा लिएर बन्धक बनाएको थियो । उनी जिवित रहेको आशा गरिएको अवस्थामा उनी जिवित नरहेको भनी हमासले उनको शव बुझाएको थियो । उनको शवको परीक्षण गरी नेपाल ल्याउने तयारी भैरहेको जनाइएको छ
Facebook Comments Box
