काठमाडौं/ नेपाली संगीतको क्षेत्रमा एउटा नयाँ गजल “बाटो अलग अलग“ सार्वजनिक भएको छ । यसले सांगीतिक जगतमा नयाँ लहर ल्याएको बताइन्छ । थानेश्वर गौतमको श्वर र संगीतमा रहेको यो गीत नेपाली संगीतको भव्यता र विविधतालाई सम्मानित गर्ने प्रयास गरिएको बताइएको छ ।
गीतका रचनाकार पद्मा लिंखा मगर र थानेश्वर गौत्तमको संगीत तथा नारायण दंगालको संगीत संयोजनले गीतलाई गहिरो भावनात्मक र संगीतात्मक दृष्टिले सजीव बनाएको बताइएको छ । गजलमा भुवन गन्धर्व लयको जिम्मेवारीले निर्वाह गरेका छन्, जसको परिणाम स्वरूप संगीतको हर एक सुरमा समृद्धि र गहिराइ देखिने बताइएको छ ।
यस गजलमा गोपाल देवको बाँसुरी र मनिष गन्धर्वको सारंगीको प्रयोगले गीतको भावना अझै गहिरो र प्रभावशाली बनाएको बताइएको छ । लक्ष्मण सेन्चुरीद्वारा रेकर्डिङ र विमल चिन्नालद्वारा मिश्रण र मास्टरिङ गरिएको यस गीतको संगीत उत्कृष्ट बनेको बताइएको छ ।
गजलको भिडियोमा प्रमुख कलाकार पुष्पा खड्का, अञ्जना पुन र सुधीर श्रेष्ठ रहेका छन् । सुधीर श्रेष्ठको अतिथि उपस्थिति यस गीतमा विशेष आकर्षणको रूपमा प्रस्तुत गरिएको बताइन्छ । रामजी लामिछानेद्वारा निर्देशित र कोरियोग्राफ गरिएको यस गीतको भिडियो संगीतको भावनालाई सजीव रूपमा प्रस्तुत गरेको बताइएको छ । भिडियोको सिनेमाटोग्राफी मनकृष्ण महर्जनद्वारा गरिएको छ भने, सहायक सिनेमाटोग्राफरको रूपमा सुवास महर्जन र नवराज खड्काको योगदान महत्वपूर्ण रहेको बताइएको छ ।
गीतको सम्पादन बन्देप्रसाद र सह सम्पादक उमेश थापा मगरले गरेका छन् । “बाटो अलग अलग’’ गजल “नजर – ६ (गजल)’’ एल्वम्को एक हिस्सा हो र गतिशील रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । यो गीत नेपाली गजल संगीतको आधुनिक प्रस्तुतीको रूपमा दर्शक वर्गमा नयाँ प्रभाव छोड्ने क्रममा छ ।
“बाटो अलग अलग“ सार्वजनिक
Facebook Comments Box
