आर्थिक पत्रकारलाई तालिम

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ एशियाली विकास बैंक (एडिबी) को सहायतामा महिला आर्थिक पत्रकार संघ (फेजा) द्वारा आयोजित ६ दिने “क्षमता अभिवृद्धि तालिम” सम्पन्न भएको छ । देशभरबाट २५ जना महिला आर्थिक पत्रकारहरुको सहभागिता रहेको सो कार्यक्रम अर्थमन्त्री रामेश्वरप्रसाद खनालले समापन गर्नुभएको थियो ।
समापन कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्ता प्रकारका तालिमले अर्थतन्त्र जस्तो जटिल र प्राविधिक विषयमा पनि सरल र सहज ढंगले जनतामाझ सही सूचना प्रवाहमा टेवा पुग्ने बताउनुभयो । उहाँले महिला आर्थिक पत्रकारहरुलाई आर्थिक विषयमा थप समाचारहरु लेखेर सरकारलाई सही मार्गदर्शन गर्नमा मद्दत पु¥याउन आग्रह गर्नुभयो ।
सो कार्यक्रममा बोल्दै एडिबी नेपालका राष्र्टि«य निर्देशक आर्नो कोश्वाले यस तालिमले महिला आर्थिक पत्रकारहरुको सशक्तिकरण हुने बताउँदै समावेशिता र दिगो विकासमा समेत योगदान पुग्ने जानकारी दिनुभयो । पत्रकारहरुले जनता र सरोकारवाला निकायबीचको पुलको भूमिका निर्वाह गर्ने भएकोले उनीहरुलाई यस्ता तालिमहरु उपयोगी हुने समेत बताउनुभयो ।
कार्यक्रममा १५ जना महिला पत्रकारहरुले फेलोसिप समेत प्राप्त गरेका बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *