राशिफल

Nayabimarsha (Weekly Newspaper from Nepal)

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
माया प्रेममा सामिप्यता बढेर जाने खालको साता छ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिने देखिन्छ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार हुनेछ । छोटो तथा रमाइलो यात्राको योग देखिन्छ । आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेकोले यो साता त्यसको सदुपयोग गर्नु उचित हुनेछ । उत्पादित उद्योग तथा शेयर बजारमा लगानी बढाउँदा त्यसले राम्रो प्रतिफल दिने खालको साता छ ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
अध्ययन अध्यापनमा सुधार भएर जाने खालको साता छ । बौद्धिक क्षेत्र फराकिलो हुने देखिन्छ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित बनाउनेछ । व्यापार तथा शेयर बजारमा गरिने लगानीबाट मनग्गे धन आर्जन हुने देखिन्छ । प्रेमिल जोडीहरूका लागि समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्ने खालको साता रहेकाले यो साता त्यसको प्रयोग गर्दा उचित नै हुने देखिन्छ । मनग्गे धन आर्जन हुने खालको साता रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
स्वास्थ्यमा समस्या आउने खालको साता छ । सोही कारण कामहरू प्रभावित हुनेछन् । आत्मबल तथा मनोबल कमजोर हुनाले आँटिला तथा पराक्रमी क्रियाकलापमा खासै मन जाने खालको साता छैन । समाजमा तपाईँको कामको आलोचना हुने भएकाले सतर्क भएर मात्र बोल्ने गर्नु होला । आफन्त तथा अग्रजहरूसँग सामान्य कुरामा पनि ठूलै मतभेद रहने भएकाले संयमित रहनु ठीक हुने देखिन्छ । पढाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । माया प्रेममा सामान्य विवाद सिर्जना भए पनि अन्त्यमा एक अर्कालाई विश्वास गर्दै छुट्टिन पाउँदा मन प्रशन्न रहने खालको साता रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खानपानमा ध्यान दिनुहोला किनकि यो साता स्वास्थ्यमा समस्या आउने खालको छ । त्यसैले औषधि उपचारमा खर्च बढ्ने देखिन्छ । काम गर्दा ध्यान दिनुहोला किनकि यो साता गरिने कामहरु बिग्रन सक्ने भएकाले जरिवानामा पनि पर्ने खालको देखिन्छ । लामो दूरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको भने छ । विदेशमा बसेर काम गर्नेहरूका लागि समयले साथ दिने देखिन्छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जाने छ । विदेशी लगानीबाट सञ्चालित संस्थामा नोकरी पाउने खालको योग रहेकोले त्यसतर्फ विशेष ध्यान पु¥याई आवेदनहरु दिनु राम्रो हुने छ ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
आत्मबल कमजोर हुनाले बन्न लागेको काम पनि बिग्रने खालको साता छ । काम गर्दिन्छन् कि भनेर अरूको आशा नगरी बस्नु होला किनकि यो साता खासै सहयोगी हातहरु तपाईका लागि देखिने खालको अवस्था छैन । पिता तथा पिता सरहका व्यक्तिहरूको धन सम्पत्ति नचलाउनु होला । आफन्त तथा दाजुभाइसँग सामान्य कुरामा मनमुटाव बढ्ने योग रहेको छ । अध्ययनमा सफलता प्राप्त गर्न समय खर्चिनु होला । व्यापार तथा शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिने खालको साता छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
इच्छाशक्ति बढ्नुका साथै काममा सफलता मिल्ने उत्साहजनक समय छ । प्रयत्न गरेको काम छिट्टै पूरा हुने खालको साता रहेको छ । समयको सदुपयोग गरी मनग्गे लाभ लिन सकिने खालको साता रहेको छ । साथीभाइहरूको सहयोग पाइने भएकाले यसको सदुपयोग गर्नु होला । यसैगरी यो साता आफन्त तथा प्रशंसकहरू बढ्ने छन् । प्रतिष्ठा, मान–सम्मान आदि पाइने खालको साता छ । नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्ने देखिन्छ । परिवारजनसँग आत्मीयता बढ्ने खालको साता छ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)
शैक्षिक वा धार्मिक यात्रा हुने योग देखिन्छ । धार्मिक पुस्तक अध्ययन गरी ज्ञान आर्जन गर्न सकिने छ । धर्मसँग सम्बन्धित सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिने छ । शिक्षा क्षेत्र, शेयर बजार, पहिरन तथा खाद्यान्नमा गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागि समय शुभ छ । गीत, सङ्गीत तथा कला क्षेत्रमा समय दिनेहरूका लागि समय उत्तम रहेको छ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू)
समय तथा परिस्थिति अनुसार नचल्नाले दुःख पाइनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाव सिर्जना हुने योग रहेको छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
व्यापार तथा शेयर बजारमा उच्च प्रतिफल हात पार्न सकिने खालको साता छ । व्यापारकै सिलसिलामा रमाइलो यात्रा गर्न सकिने भएकाले त्यस्तो अवसरको खोजी गर्नु उचित हुने छ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने छ । जीवनसाथीको सहयोग पाइनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैंतिर ल्याउन सकिनेछ । अतिथिको रूपमा सम्मान पाइनुको साथै रमाइलो घुमघामको समेत अवसर आउनेछ । प्रविधिको भरपुर प्रयोग गरी अपडेट हुने समय रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
शत्रु घरमा गोचर गर्ने शुभ चन्द्रमाले ऋण, रोग तथा शत्रुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ । साथीभाइ तथा इष्टमित्रबाट सहयोग पाइने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
व्यापारमा फाइदा हुनाले थप लगानी गर्ने वातावरण बन्ने खालको साता छ । शेयर बजार तथा अनलाइन व्यापारबाट मनग्गे आम्दानी हुने खालको साता भएकाले त्यसतर्फ ध्यान दिनु होला । उपहारहरु प्राप्त हुने खालको साता छ । सन्तान तथा अनुयायीको साथले उपलब्धिमूलक काम गर्न सकिनेछ । छुट्टिएका प्रेम सम्बन्धहरू पुनः सुचारु हुनेछ । पढाइ लेखाइमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
आफन्तहरू टाढिनेछन् । आमासँग टाढिएर लामो दूरीको यात्रा गर्नु पर्दा मन खिन्न हुने अवस्था आउने छ । सवारी साधन चलाउँदा तथा जग्गा सम्बन्धी काम गर्दा ध्यान दिनुहोला किनकि त्यसबाट अलि जोगिनुपर्ने खालको समय छ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन प्राप्त हुने भएकाले आलोचना सुन्ने क्षमताको विकास गर्नु होला । अध्ययनमा मन नजाँदा अरूभन्दा पछि परिने खालको साता छ । अन्य व्यवसाय मध्यम रहे पनि कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जाने खालको भएकाले त्यसतर्फ ध्यान दिनु होला ।

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *