मानवताको पक्षमा अध्यक्ष ढकाल

Nayabimarsha (Weekly Newspaper from Nepal)

वागलुङ/ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबैभन्दा ठूलो धर्म मानव सेवा भएको बताउनु भएको छ । उहाँले धर्मसँग मानवीय सेवालाई जोडेर हेर्नुपर्नेमा जोड दिनुभएको छ ।
मानव सेवा आश्रम, वागलुङ शाखाको भवन निर्माणका लागि आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको उद्घाटन गर्दै अध्यक्ष ढकालले त्यस्तो धारणा राख्नु भएको हो । उहाँले, “सबैभन्दा ठूलो धर्म मानव धर्म हो । धर्मको मर्म नै परोपकार र सेवाभावमा निहित छ ।” भन्नुभयो । उहाँले वैदिक सनातन धर्मका दृष्टिले महत्वपूर्ण रहेको गण्डकी क्षेत्र पछिल्ला वर्षमा धार्मिक रूपमा सक्रिय हुँदै गएको उल्लेख गर्दै यसलाई अझ प्रबद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
मुक्तिनाथ र दामोदरकुण्डको काखमा रहेको पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण हुन लागेको भन्दै उहाँले खुशी लागेको बताउनु भयो । आफ्नो जन्मस्थानमा निर्माण हुन लागेको यस आश्रमको भवनका लागि व्यक्तिगत र संस्थागत रुपमा सहभागी हुने प्रण पनि उहाँले गर्नुभयो ।
मानव सेवा आश्रमले सातै प्रदेशमा चलाएको सडक मानव मुक्त अभियानको प्रशंसा गर्दै पवित्र कालीगण्डकी तटमा मानवताको मन्दिर निर्माण थालिएको बताउनु भएकोमा ढकालले धन्यवाद दिनुभयो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *