लन्डन/ दोश्रो विश्व ध्यान दिवसका अवसर पारेर आइतबार यहाँस्थित नेपाली दूतावासमा ध्यान शिविर आयोजना गरिएको छ । दूतावासमा यस्तो शिविर पहिलो पटक गरिएको दूतावासले जनाएको छ ।
सो अवसरमा जीवन विज्ञान यूकेसँगको सहकार्यमा दूतावासद्वारा आयोजित ध्यान शिविर सञ्चालन गर्दै जीवन विज्ञान यूकेकी प्रशिक्षक सरिता शर्माले मन र चित्तलाई शान्त पार्दै आफूतर्फ फर्कने अभ्यास नै ध्यान भएको बताउनुभयो । शर्माले कामदार पठाउने मुलुकको रुपमा नेपालको पहिचान बनिरहेका बेला गुरुदेवद्वय भानु शर्मा र रमेश नेपालको नेतृत्वमा जीवन विज्ञानको माध्यमबाट विश्वलाई योग र ध्यानको खजाना दिन सक्ने मुलुकको रुपमा नेपालको पहिचान बनाउने काम भइरहेको जनाउनुभयो ।
Facebook Comments Box
