काठमाडौं/ शैक्षिक परामर्श व्यवसायमा फरक पहिचान बनाउन सफल मानिने कन्सल्टेक्सी क्याम्ब्रिज १५ औं वर्षमा प्रवेश गरेको छ । काठमाडौंको बागबजारमा रहेको उक्त कन्सल्टेन्सी बुधबारबाट स्थापनाको १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेको बताइएको छ ।
डेढ दशकको शैक्षिक यात्रामा क्याम्ब्रिजले हजारौं विद्यार्थीहरुलाई शैक्षिक परामर्श दिइसकेको क्याम्ब्रिजका संस्थापक निर्देशक शिशिर सिंखडाले जानकारी दिनुभयो । उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई सही परामर्श दिइएकोले नै क्याम्ब्रिज आम विद्यार्थी र अभिभावकको भरोसाको केन्द्र बनेको उहाँको दाबी छ । ‘हामी १४ वर्ष पूरा गरी १५ वर्षमा प्रवेश गरेका छौं । यसबीच हामीले उच्च शिक्षाका लागि विदेश जाने दशौं हजार विद्यार्थीहरुलाई सही र तथ्यपरक परामर्श दिएका छौं । यो यात्रामा हामीलाई साथ, समर्थन र हौसला प्रदान गर्ने सम्पूर्ण महानुभावहरुमा आभार प्रकट गर्दछु ।’ संस्थापक निर्देशक सिंखडाले भन्नुभयो ।
आपूmहरुले विद्यार्थीहरुलाई भरपर्दो, विश्वसनीय सेवा प्रदान गरेकैले सफलता प्राप्त गरेको उहाँको दाबी छ । ‘विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई कुनै लोभ लालच र प्रलोभनमा पारेर परामर्श गर्दैनौं, विद्यार्थीहरुको शैक्षिक, आर्थिक अवस्था हेरेर सही परामर्श दिएकोले पनि हामी प्रति विद्यार्थी र अभिभावकले विश्वास बढ्दो छ ।’ निर्देशक सिंखडाले दाबी गर्नुभयो ।
यस अवसरमा क्याम्ब्रिजले उच्च शिक्षाका लागि विदेश जाने विद्यार्थीहरुका लागि विशेष प्याकेज घोषणा गरेको छ । १४ औं वार्षिकोत्सवको अवसरमा एक महिनाभर क्याम्ब्रिजबाट विदेश अध्ययनका लागि आवेदन दिने विद्यार्थीहरुबाट शैक्षिक परामर्श शुल्क छुट गरिएको जनाइएको छ । ‘डिसेम्बर २३ देखि जनवरी २३ सम्म विदेश अध्ययनका लागि आवेदन गर्ने विद्यार्थीहरूबाट कुनै पनि कन्सल्टेन्सी सेवा शुल्क लिइने छैन ।’ संस्थापक निर्देशक सिंखडाले जानकारी दिनुभयो ।
यसैगरी, आइएलटिएस र पिटिई अध्ययन गर्ने विद्यार्थीहरूलाई सात हजार पर्ने कोर्स दुई हजार पाँच सय रुपियाँमै पढाइने तथा आइएलटिएस परीक्षा मिति बुकिङमा तीन हजार देखि ४ हजारसम्मको छुट प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो । क्याम्ब्रिजले अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, जपान, युरोप, न्यूजलेण्ड लगायतका देशहरुमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई सन्तुलित, यथार्थपरक र बस्तुनिष्ट रुपमा शैक्षिक परामर्श दिने गरेको बताइन्छ ।
काठमाडौंको बागबजारमा मुख्य कार्यालयसँगै बालाजु, ललितपुर, बनेपा, धरान, इटहरी, विर्तामोड, दमकमा शाखा कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको पनि जनाइएको छ । यसैगरी यसको अष्ट्रेलिया र बेलायतमा पनि अन्तर्राष्ट्रिय शाखा सञ्चालनमा रहेको बताइएको छ ।
क्याम्ब्रिज कन्सल्टेन्सी १५ वर्षमा
Facebook Comments Box
