बालवाङ्मयको वार्षिकोत्सवमा पुरस्कार

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं/ बालवाङ्मय तथा अनुसन्धान केन्द्र नामक संस्थाले आफ्नो स्थापनाको १३औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम गरेको छ । काठमाडौंको नेपाल ललितकला अकाडेमीमा गरिएको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।
हालै भएको उक्त कार्यक्रममा नेपाली नाट्यजगतका सुपरिचित कलाकार हरिहर शर्माले प्रमुख आतिथ्यता ग्रहण गर्नुभएको थियो । उहाँले कार्यक्रममा पुरस्कार तथा प्रमाणपत्र वितरण गर्ने कार्य पनि गर्नुभयो ।
सो अवसरमा साहित्य–श्रृष्टि बालवाङ्मय साधना सम्मान २०८२ बाट कलाकार कृष्णभक्त महर्जन सम्मानित हुनुभयो । उहाँलाई नगद रु.२५ हजार नगदसहित पुरस्कार पनि पाउनुभएको थियो । यसैगरी राकुपा बालवाङ्मय बालपुस्तक पुरस्कार– २०८१ बाट आर्या त्रिपाठी पुरस्कृत हुनुभयो । त्रिपाठीद्वारा लिखित ‘बालापनका धर्साहरु’ नामक कृतिका लागि उहाँलाई नगद रु.१० हजारसहित पुरस्कृत गरिएको थियो ।
यस्तै, केके कर्माचार्य बालवाङ्मय चित्रकला सम्मान– २०८२ देवेन्द्र पाण्डे ‘देवेन’ लाई प्रदान गरिएको थियो । यसैगरी जयहिरा बालवाङ्मय किशोर आख्यान पुरस्कार– २०८१ बाट रोशन पोखरेल पुरस्कृत हुनुभयो । उहाँको कृति ‘कालग्रन्थ’ कालागि उक्त पुरस्कार दिइएको थियो ।
पुरस्कृत तथा सम्मानित व्यक्तिव्यहरुका बारेमा प्रा.डा.तारानिधि भट्टराई र सुशीला तामाङले प्रकाश पार्नुभएको थियो ।
केन्द्रका अध्यक्ष अनन्तप्रसाद वाग्लेको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल बालसाहित्य समाजका पूर्वअध्यक्ष प्रमोद प्रधान, नेपाल ललितकला अकाडेमीका पूर्वअध्यक्ष के.के.कर्माचार्यले पनि सम्वोधन गर्नुभएको थियो ।
केन्द्रका महासचिव शान्ति सापकोटाले कार्यक्रम संचालन गर्नुभएको थियो ।
यसैबीच उक्त अवसरमा ‘मनसा’ नामक कथासंंग्रहको सामुहिक रुपमा विमोचन गरिएको थियो । दुई खण्डमा प्रकाशित उक्त कथासंग्रहमा १०–१० जनाका कथाहरु समेटिएका छन् । ज्ञानवृक्ष पब्लिेकेसन प्रा.लि. प्रकाशक रहेको उक्त कथासंग्रह केन्द्रले आयोजना गरिएका कार्यक्रममा केहीअघि संकलित कथाहरु संग्रहित रहेका छन् । उक्त संग्रहका सम्पादक अनन्त वाग्ले रहनुभएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *