काठमाडौं/ शेयर बजारको प्रमुख नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूविरुद्धको आवाज दबाउन गरेको हर्कतमा अदालतले ‘ब्रेक’ लगाइदिएको छ ।
श्रेष्ठको नेतृत्वमा सेबोनमा बढेको भ्रष्टाचार, अनियमितता र बेथितिको खुलेआम विरोध गर्दै आएका चर्चित शेयर कारोबारी तथा ठूला लगानीकर्ता दीपेन्द्र अग्रवाल अदालतको आदेशबाट रिहा भएपछि त्यस्तो भएको हो ।
अग्रवाललाई शेयरको भित्री कारोबारको आरोपमा हिरासतमा राखेर अनुसन्धान गरिरहन पर्ने आवश्यकता नभएको उल्लेख गर्दै आइतबार काठमाडौ जिल्ला अदालतले धरौटी लिएर छाड्न आदेश दिएको हो । योसँगै आफ्नो विरोध गरेको झोंकमा अग्रवाललाई प्रहरी हिरासतमा थप राखेर दुःख दिने र २ वर्षसम्मको जेल सजाय गराउने सेबोन अध्यक्ष श्रेष्ठको प्रयासमा ‘ब्रेक’ लागेको बताइन्छ ।
अग्रवाललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपाल धितोपत्र बोर्डको सिफारिसअनुसार विभिन्न कम्पनीको शेयरको भित्री कारोबारमा संलग्नताको आरोपमा पक्राउ गरेको थियो । उहाँलाई पक्राउ गरेलगत्तै केही मिडियाहरुमा सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले सेबोनमा वर्षौदेखि थन्किएका अन्य फाइल पनि अगाडि बढाइने र भित्री कारोबार लगायतका गलत गतिविधिमा संलग्नहरुलाई नछाड्ने ध्वाँस दिनुभएको थिया । अग्रवाललाई मात्र पक्राउ गरेर बाँकी फाइल उहाँले सेबोनमै थन्क्याउनु भएको छ । पक्राउ परेलगत्तै दीपेन्द्र अग्रवाललाई सीआईबीको हिरासतमा राखी थप अनुसन्धान गरिएको थियो । उहााले हिरासतभित्रै धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफूमाथि पूर्वाग्रही भएर कारबाही गराउने काम गरेको भन्दै अनसन पनि थाल्नु भएको थियो ।
पक्राउ परेको केही दिनपछि परिवारजनले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेको थियो । अग्रवाल पक्षले हिरासतबाहिरै बसेर मुद्दा लड्न पाउनुपर्ने र सीआईबीलाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।
अग्रवाल रिहाले अध्यक्षलाई धक्का
Facebook Comments Box
