फिनल्याण्ड/ नेपाल पर्यटन बोर्डले फिनल्याण्डको हेलसिन्कीमा आयोजना भएको नर्डिक क्षेत्रकै ठूलो पर्यटन मेला माट्का २०२६ मा सहभागिता जनाएको छ । यस कार्यले नेपाललाई सफलतापूर्वक प्रवद्र्धन गर्न मद्दत पुगेको बताइएको छ ।
१५ देखि १८ जनवरी २०२६ सम्म आयोजित मेलामा नेपाललाई साहसिक, प्रकृतिमुखी, सांस्कृतिक र दीगो पर्यटन गन्तव्यका रूपमा प्रस्तुत गरिएको आयोजकले बताएका छन् । सो अवसरमा नेपालका विभिन्न ट्रेकिङ तथा ट्राभल कम्पनीहरूले पदयात्रा, पर्वतारोहण र सांस्कृतिक भ्रमण कार्यक्रमबारे जानकारी दिएका थिए । यसैगरी मेलाको क्रममा नर्डिक मुलुकका ट्राभल व्यवसायी र पर्यटकहरूसँग अन्तक्र्रिया गरी नेपालमा पर्यटक भिœयाउनका लागि पहल तथा प्रयास गर्ने कार्य भएको भनी बोर्डले जनाएको छ ।
उक्त मेलाका दौरान फिनल्याण्ड र आसपासका देशका पर्यटकमा नेपालप्रति सकारात्मक चासो देखिएको पनि बोर्डले जनाएको छ ।
फिनल्याण्डमा नेपालको सहभागिता सफल
Facebook Comments Box
