नेपालगञ्ज / बालबालिकाको क्षेत्रमा क्रियाशील संस्था बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को लुम्बिनी प्रदेश स्तरीय समिति गठन भएको छ ।
सिजपको प्रदेश स्तरीय सदस्य÷ संस्थाहरुको बुधबार भएको भेलाले बिग्रुपका कार्यकारी निर्देशक डम्बर सुनारको अध्यक्षतामा ७ सदस्यीय प्रदेश समिति चयन गरेको छ । यसरी चयन भएको प्रदेश समितिको सचिवमा बास नेपालका निर्देशक हेमराज भट्ट रहनु भएको छ । यसैगरी समितिको सदस्यहरुमा क्रमशः कमला सापकोटा, विकिरण गौतम, दीपसरा पुन र चिरञ्जीवी ज्ञवाली चयन हुनु भएको जनाइएको छ ।
समितिको एकजना सदस्य भने नव निर्वाचित प्रदेश समितिको पहिलो बैठकले मनोनीत गर्ने गरी रिक्त राखिएको अध्यक्ष सुनारले जानकारी दिनु भयो । सिजपका महासचिव राजु घिमिरेको अध्यक्षतामा भएको प्रविधिमैत्री भेलामा उपस्थित सहभागीहरुलाई स्वागत तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश सिजप लुम्विनी प्रदेश इन्चार्ज शिवलाल पाण्डेले गर्नु भएको थियो ।
भेलामा सिजपले गरिरहेको कार्य तथा प्रदेश समिति गठन तथा व्यवस्थापन कार्यविधिका विषयमा महासचिव राजु घिमिरेले प्रस्तुतीकरण गर्नु भएको िथिए । समितिको कार्यकाल २ बर्षको रहनेछ । बालवालिका शान्ति क्षेत्र अभियान ९सिजप० ले बालमैत्री, पोषणमैत्री, बाल संवेदनशील सामाजिक सुरक्षा, बालअधिकारको संरक्षण र सम्बर्धनको लागि निरन्तर देश ब्यापी अभियान सञ्चालन गर्दै आएकोछ ।
सिजपको लुम्विनी प्रदेश समिति गठन
Facebook Comments Box
