सिटौलाको सम्मानसहित अन्त्येष्टी

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ/ पत्रकार दिनेश सिटौलाको पार्थिवलाई सम्मानसहित अन्त्येष्टी गरिएको छ । उहाँको पार्थीव शरीर श्रद्धाञ्जलिका लागि चलचित्र विकास बोर्ड परिसरमा राखी पछि पशुपतिनाथस्थित आर्यघाटमा उहाँको अन्त्येष्टी गरिएको हो ।
त्रिवि शिक्षण अस्पतालबाट पोस्टमार्टमपछि सिटौलाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि चलचित्र विकास बोर्डमा राखिएको थियो । गत शुक्रबार अछाममा बेहोस हुनु भएका उहाँको आइतबार निधन भएको भनी अस्पतालले जनाएको थियो । अछाममा गाडीबाट ओर्लिने क्रममा बेहोस सिटौलालाई हेलिकोप्टरबाट काठमाडौँ ल्याइएको बताइएको छ ।
ग्राण्डी अस्पतालले विज्ञप्ति जारी गर्दै सिटौलाको आइतबार दिउँसो १२ः४५ बजे निधन भएको जानकारी दिएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *