राप्रपा पनि सुविधा दिने पक्षमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ l राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बैशाख ३० गते हुने भनिएको स्थानीय तहको निर्वाचनका लागि भन्दै प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिवद्धतापत्र सार्वजनिक गर्दै पूर्ण धार्मिक स्वतन्त्रतासहितको हिन्दुराष्ट्र, संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली, बृहत् राष्ट्रिय एकता र आर्थिक उदारीकरण राप्रपाका आधारस्तम्भ रहेको बताए ।

यस्तै शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकास निर्माणलगायत स्थानीय साधनस्रोत परिचालन र रोजगारी सिर्जनालगायतका विषयलाई राप्रपाले उच्च प्राथमिकता दिने प्रतिवद्धतापत्रमा उल्लेख छ । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिने राप्रपाले कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क गर्ने र हरेक स्थानीय तहमा कम्तिमा एउटा प्राविधिक विद्यालय स्थापना गर्ने प्रतिवद्धतापत्रमा उल्लेख छ ।

सुत्केरी महिलालाई तीन महिनासम्म मासिक तीन हजार रुपियाँ सुत्केरी भत्ता उपलब्ध गराउने प्रतिवद्धतामा उल्लेख छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *