मनाङमा गठबन्धन हुने

Nayabimarsha (Weekly Newspaper from Nepal)

मनाङ l नेपाली कांग्रेस मनाङले ५ दलीय गठबन्धनको निर्णयलाई आत्मसात गर्ने भएको छ । बुधबार काठमाडौंमा बसेको कांग्रेस र नेकपा (माओवादी केन्द्र) का नेताहरूको बैठकमा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्ने सहमति गरेका थिए । मनाङ कांग्रेसका सभापति शंकर गुरुङका अनुसार केन्द्रको नीति र निर्देशनलाई मान्दै मनाङमा चुनावी गठन्धन गरेर अगाडि बढ्ने सहमति भएको हो । मनाङ जिल्लामा चार वटा गाउँपालिका छन् । यसैगरी प्रतिनिधि सभाका लागि एक र प्रदेश सभाका लागि दुईजना निर्वाचित हुने व्यवस्था छ ।

कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङले मनाङमा गठबन्धनका दलहरू मिलेर जाने भएको जानकारी दिए । यसैगरी गठन्धन गर्ने विषयमा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री देवप्रसाद गुरुङले पनि सहमति जनाएको बताइएको छ । यसैगरी यहाँको आवश्यकता अनुसार कांग्रेस र माओवादी केन्द्रले नेकपा (एकीकृत समाजवादी) लाई पनि सँगै लैजाने सहमति गरे पनि त्यसका बारेमा आवश्यक छलफल पछि गर्ने बताइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *