अष्ट्रेलिया/ अष्ट्रेलियाको सिड्नीमा ‘होली धमाका’ आयोजना हुने भएको छ । २८ फेब्रुअरी अर्थात भोलि शनिबार ग्रानभिल पार्कमा होली हंगामा हुने अर्बन नेप्लिज कम्युनिटीका अध्यक्ष अरुणचन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
रङको चाड होली मनाउन आउनेमध्येका भाग्यशाली विजेताले इन्डोनेसियाको बाली जान २ वटा टिकट पाउने व्यवस्था मिलाइएको श्रेष्ठले जानकारी दिए । होलीको कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको जानकारी दिंदै श्रेष्ठले सिड्नी होली धमाकामा करन भट्ट, डिजे नटकेस, मुक्ति एण्ड रिवायलका ड्रमर निखिल तुलाधर लगायत स्थानीय कलाकारले प्रस्तुतिहरू दिने जानकारी पनि उनले दिए ।
प्रवासी जीवनको ब्यस्तता र समयको अभावका कारण पनि प्रवासी नेपाली रंगको पर्व मनाउनलाई होली धमाका आयोजना गरिएको उनले बताएका छन् । नेपालीजनले प्रवासमा रहेर पनि आफ्नो कला र संस्कृतिलाई नभुलुन् भनेर यस्ता पर्वलाई निरन्तरता दिनु परेको उनको भनाइ छ ।
सिड्नीमा ‘होली धमाका’ हुँदै
Facebook Comments Box
