काठमाडौं/ नयाँ वर्षको अवसर पारेर यही चैत्र २७ गते रिलीज हुने चलचित्र ‘राम नाम सत्य’ एकल रिलिजका कारण चर्चामा आएको छ । सोही मितिमा रिलिज हुने भनिएका अन्य नेपाली चलचित्र पछि सरेपछि माइकल चन्दद्वारा निर्देशित यो चलचित्रले एकल प्रदर्शनको अवसर पाएको हो ।
सो चलचित्रमा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसीलगायतको अभिनय रहेको छ । चलचित्रकी नायिका दिव्या रायमाझीले यस प्रोजेक्टप्रति आफू निकै उत्साहित रहेको जानकारी दिएकी छिन् । यो चलचित्र उनका अघिल्ला कामभन्दा फरक छ र यसमा उनले आफ्नो अभिनय क्षमता देखाउने पर्याप्त अवसर भनी उनले बताएकी छिन् ।
चलचित्रमा आधुनिक राजकुमारीको भूमिकामा उनी देखिने स्रोतले बताएको छ । चलचित्रमा एक्सन मात्रै होइन, इमोशन, सस्पेन्स र प्रेमको सन्तुलित मिश्रण रहेको बताइएको छ । उनले चलचित्र अत्यन्त राम्रो बनेको दाबी गर्दै दर्शकले हलसम्म पुगेर हेर्दा भरपुर मनोरञ्जन पाउने विश्वास व्यक्त गरिन् । चलचित्रमा उनी सुशील श्रेष्ठसँग जोडीका रूपमा देखिएकी छिन् र उनसँग काम गर्न सहज भएको पनि उनले बताएकी छिन् ।
चन्दकै पटकथा तथा संवाद रहेको चलचित्रमा उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहेको बताइएको छ ।
‘राम नाम सत्य’ प्रदर्शनीको तयारीमा
Facebook Comments Box
