काठमाडौं/ जेठ १ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘एक मुठ्ठी बादल’ मा समावेश गीत ‘रेल घुम्यो घुम्तीमा ……….’ सार्वजनिक गरिएको छ । गीतमा आँचल शर्मा, निशा शर्मा, उषा रजक र सहयोग अधिकारी फिचर्ड छन् ।
सुमित पाठकको संगीतमा मीना पोखरेल र इन्द्रकला राईको श्वर रहेको गीत हर्क साउदले रचना गरेका हुन् । गीतले एउटै घरमा रहेका तीन पुस्ताका महिलाको भावना र आवाजलाई प्रस्तुत गरेको बताइएको छ । पाठक नेपाल आइडल सिजन २ का उपविजेता हुन् र यो चलचित्रमार्फत उनले चलचित्र संगीतमा डेब्यु पनि गरेका हुन् ।
गीतको भिडियोले विवाहअघिको रमाइलो माहोललाई पृष्ठभूमि बनाएको देखिन्छ । विवाहको तयारीसँगै अगाडि बढ्ने कथामा निशा शर्मा, उषा रजक र आँचल शर्माले आ–आफ्नो जीवन भोगाइलाई अभिव्यक्त गरेका बताइएको छ । निर्देशक सहारा शर्माका अनुसार गीतमै चलचित्रको मूल भाव समेटिएको छ । उनी भन्छिन्, ‘यो गीत बनाउँदा सबै पुस्ताका महिलाको भावना समेट्ने प्रयास गरेका थियौ ँ।’
सहारा शर्माको लेखन तथा निर्देशनमा बनेको चलचित्रको गीतको भिडियो प्रतीक गुरुङले निर्देशन गरेका हुन् । गीतमा कृतिका बरालको कोरियोग्राफी, निहाल भण्डारीको छायांकन र कृष्ण भण्डारीको सम्पादन तथा कलर ग्रेडिङ रहेको छ । चलचित्रमा आँचल शर्मा, निशा शर्मा र उषा रजकसँगै भीमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट र अविरलप्रताप अधिकारीलगायतले अभिनय गरेका छन् ।
‘एक मुठ्ठी बादल’ मा रेल घुम्यो घुम्तीमा
Facebook Comments Box
