२०८३ साललाई समग्र रूपमा नियाल्दा यो वर्ष केवल सामान्य उतारचढावको वर्ष मात्र नभई जीवनका विभिन्न आयामहरूलाई पुनःपरिभाषित गर्ने समयका रूपमा देखिन्छ । ग्रहहरूको गतिले शुरुवातमा केही अन्योल र दबाब सिर्जना गरे पनि क्रमशः स्पष्टता, अवसर र अन्ततः उपलब्धितर्फ डो¥याउने संकेत गरेको छ । यही प्रवृत्तिभित्र प्रत्येक राशिले आफ्नो ढंगले वर्ष अनुभव गर्नेछ — कहीँं संघर्षमार्फत, कहीँं अवसरमार्फत, त कहीँं आत्मपरिवर्तनमार्फत । त्यसैले यो नयाँ वर्ष २०८३ को समयलाई ख्याल गरेर यहाँ वार्षिक राशिफल राखिएको छ ।
मेष (चु, चे, चो, ला, ली, लु, ले, लो, अ) ः यो राशिका लागि वर्षको शुरुवात अर्थात् वैशाख र जेठ महिनाले केही चुनौती बोकेर आउने देखिन्छ । कामको चाप, नयाँ जिम्मेवारी र निर्णयमा अलमलले तपाईंलाई मानसिक रूपमा थकित बनाउन सक्छ । असारतिर पुग्दा भने परिस्थितिमा सानो सुधारको संकेत देखिन्छ । साउन–भदौमा आइपुग्दा करियरसम्बन्धी नयाँ अवसरहरू देखा पर्न थाल्नेछन् । असोज र कार्तिकमा सम्बन्धका क्षेत्रमा स्पष्टता आवश्यक हुनेछ । यहाँ साना कुराले पनि ठूलो प्रभाव पार्न सक्छ । पुसपछि भने क्रमशः स्थिरता बढ्दै जानेछ र माघदेखि चैतसम्म आइपुग्दा तपाईंले वर्षभरि गरेको प्रयासको प्रतिफल महसुस गर्न सक्नुहुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वी, वु, वे, वो) ः यो राशिका लागि २०८३ साल स्थिर र विस्तारमुखी देखिन्छ । वैशाखदेखि असारसम्म तपाईंले विगतमा गरेका प्रयासहरूको परिणाम देखिन शुरु हुनेछ । साउन र भदौमा करियरमा सकारात्मक संकेतहरू देखा पर्नेछन् । पदोन्नति वा नयाँ जिम्मेवारीको सम्भावना रहन्छ । असोजदेखि मंसिरसम्म आर्थिक पक्ष बलियो बन्नेछ, बचत र लगानीका अवसरहरू देखिनेछन् । पुस र माघमा पारिवारिक सुख तथा प्रेम सम्बन्धमा मिठास बढ्नेछ । वर्षको अन्त्यतिर भने स्वास्थ्यतर्फ सानो सचेतता आवश्यक हुनेछ । विशेषगरी थकान र आरामको सन्तुलनमा ध्यान दिनुपर्नेछ ।
मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) ः यो राशिका लागि यो वर्ष परिवर्तनको संकेत बोकेको छ । वैशाख र जेठमा केही अन्योल र निर्णयको दबाब देखिन सक्छ । असारपछि साउन–भदौतिर जीवनको कुनै महत्वपूर्ण मोड आउन सक्छ । नयाँ काम, स्थान वा सम्बन्धको परिवर्तन सम्भवना देखिएको छ । असोजदेखि पुससम्म आर्थिक पक्षमा उतारचढाव रहनेछ । त्यसैले जोखिमपूर्ण निर्णयबाट टाढा रहनु राम्रो हुन्छ । माघपछि भने स्थिति विस्तारै स्पष्ट हुँदै जानेछ र फागुन–चैततिर स्थिरता आउने संकेत देखिन्छ ।
कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) ः यो राशिका लागि वर्ष भावनात्मक गहिराइको रूपमा प्रकट हुनेछ । वैशाखदेखि साउनसम्म पारिवारिक र व्यक्तिगत विषयमा तपाईंको ध्यान बढी केन्द्रित हुनेछ । भदौ र असोजमा करियरमा सहयोग र सहकार्यबाट प्रगति सम्भव छ । कार्तिकदेखि माघसम्म प्रेमसम्बन्धमा गहिरो समझदारी र नजिकपन बढ्नेछ । यही अवधिमा मानसिक दबाब पनि बढ्न सक्छ । फागुन र चैततिर आफूलाई पुनःसन्तुलित गर्ने अवसर प्राप्त हुनेछ ।
सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) ः यो राशिका लागि २०८३ साल प्रतिष्ठा र नेतृत्वको वर्ष हो । वैशाखदेखि असारसम्म काममा नयाँ जिम्मेवारी आउन सक्छ जसले तपाईंलाई अग्रपंक्तिमा ल्याउनेछ । साउनदेखि असोजसम्म आर्थिक रूपमा राम्रो सुधार देखिनेछ । कार्तिक र मंसिरमा सम्बन्धका क्षेत्रमा आकर्षण बढे पनि अहंकारले सानो तनाव ल्याउन सक्छ । पुसपछि भने परिस्थिति स्थिर हुँदै जानेछ र माघ–चैततिर उपलब्धिको अनुभूति बलियो हुनेछ ।
कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) ः यो राशिका लागि यो वर्ष क्रमिक प्रगतिको संकेत गर्छ । वैशाखदेखि भदौसम्म निरन्तर मेहनतको आवश्यकता पर्नेछ, जसको परिणाम तुरुन्त नदेखिए पनि असोज र कार्तिकतिर देखिन थाल्नेछ । मंसिर र पुसमा करियरसम्बन्धी अवसरहरू देखा पर्नेछन् । माघ र फागुनमा आर्थिक स्थिरता रहनेछ, तर चैततिर स्वास्थ्यमा सानो गिरावट आउन सक्छ । समग्रमा, यो वर्ष धैर्य र निरन्तरताको परीक्षा लिनेछ ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) ः यो राशिका लागि वर्ष सन्तुलन खोज्ने यात्राजस्तै हुनेछ । वैशाख र जेठमा नयाँ योजना शुरु गर्ने सोच आउन सक्छ । असारदेखि भदौसम्म खर्च बढ्ने र आर्थिक दबाब महसुस हुन सक्छ । असोजदेखि मंसिरसम्म सम्बन्धमा समझदारी आवश्यक हुनेछ । पुसपछि भने परिस्थिति क्रमशः सुधार हुँदै जानेछ र माघ–चैतमा स्थिरता आउनेछ ।
वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) ः यो राशिका लागि यो वर्ष गहिरो परिवर्तन र अवसरको मिश्रण हो । वैशाखदेखि भदौसम्म अप्रत्याशित अवसरहरू देखा पर्न सक्छन् जसले तपाईंको जीवनको दिशा नै बदल्न सक्छ । असोज र कार्तिकमा करियरमा उछाल आउने सम्भावना छ । मंसिर र पुसमा आर्थिक लाभ देखिन्छ। माघपछि सम्बन्धमा गहिराइ र भावनात्मक निकटता बढ्नेछ ।
धनु (ये, यो, भा, भी, भु, धा, फा, ढा, भे) ः यो राशिका लागि वर्ष यात्रा र अनुभवले भरिएको हुनेछ । वैशाखदेखि साउनसम्म नयाँ ठाउँ र अवसरसँग भेट हुनेछ । भदौदेखि कार्तिकसम्म करियरमा परिवर्तनको संकेत देखिन्छ । मंसिर र पुसमा आर्थिक अवस्था मध्यम रहनेछ । माघपछि थकान र ऊर्जा कमी महसुस हुन सक्छ, त्यसैले विश्राम आवश्यक हुनेछ ।
मकर (भो, जा, जी, खी, खु, खे, खो, गा, गी) ः यो राशिका लागि २०८३ उपलब्धिको वर्ष हो । वैशाख र जेठमा मेहनतको चरम आवश्यक हुनेछ । असारदेखि असोजसम्म करियरमा सफलता र मान–सम्मान प्राप्त हुने संकेत छ । कार्तिकदेखि माघसम्म आर्थिक स्थिरता रहनेछ । फागुन र चैततिर स्वास्थ्यमा ध्यान दिनुपर्ने देखिन्छ, विशेषगरी शारीरिक थकानबाट बच्न ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) ः यो राशिका लागि यो वर्ष नवीनता र परिवर्तनको मिश्रण हो । वैशाखदेखि भदौसम्म नयाँ सोच र योजनाहरू जन्मिनेछन् । असोजदेखि पुससम्म आर्थिक उतारचढाव हुन सक्छ । माघ र फागुनमा सम्बन्धमा परिवर्तन देखिन सक्छ । नयाँ सम्बन्ध वा पुरानोमा मोड आउने खालको वर्ष देखिन्छ । चैततिर भने परिस्थिति स्थिर हुँदै जानेछ ।
मीन (दी, दु, थ, झ, ञ, दे, दो, चा, ची) ः यो राशिका लागि २०८३ आध्यात्मिक र सिर्जनात्मक वर्ष बन्नेछ । वैशाखदेखि असारसम्म आत्मचिन्तन र योजना बनाउने समय हुनेछ । साउनदेखि असोजसम्म सिर्जनात्मक क्षेत्रमा सफलता मिल्नेछ । कार्तिकदेखि माघसम्म आर्थिक अवस्था मध्यम रहनेछ । फागुन र चैततिर सम्बन्धमा गहिराइ र आत्मिक सन्तुष्टि प्राप्त हुनेछ ।
राशिफल
Facebook Comments Box
