पोखरेल कांग्रेसमै फर्किए

Nayabimarsha (Weekly Newspaper from Nepal)

इनरुवा l  सुनसरीको सदरमुकाम इनरुवाका चिर परिचित राजनीतिज्ञ ईन्द्रप्रसाद पोखरेल आप्mनै पुरानो दल नेपाली कांग्रेसमा फर्किएका छन् । लामो समय कांग्रेसको राजनीतिमा सक्रिय रहेका पोखरेल २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट इनरुवा नगर प्रमुखको उम्मेदवार बन्न नपाएपछि विरक्तिएर नेकपा (एमाले) मा प्रवेश गरेका थिए ।

आसन्न स्थानीय निर्वाचनमा एमालेले उनलाई इनरुवाको प्रमुखमा उठाउने चर्चा चले पनि उनलाई टिकट दिइएको थिएन । टिकट नपाएपछि पनि एमालेको घरदैलो कार्यक्रममा सक्रिय रहँदै आएका पोखरेलले आइतबार एमाले परित्याग गरी कांग्रेसमै फर्किने निर्णय गरेका थिए । पोखरेलका सहकर्मी केदार भण्डारी कांग्रेसबाट नगर प्रमुखको उम्मेदवार बनेको हालको अवस्थामा कानून व्यवसायी समेत रहेका पोखरेलले कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाको विराटनगरस्थित निवासमा पुगी कांग्रेसमा प्रवेश गरेका थिए । त्यस बेलामा भण्डारीको समेत उपस्थिति रहेको थियो ।

पोखरेल इनरुवाका लोकप्रीय नेताहरुमा गनिन्छन् । २०४९ र २०५४ सालको स्थानीय निर्वाचनमा इनरुवा वडा नं.१ मा कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका पोखरेल नेपाल बार एशोसिएसन सुनसरीको अध्यक्ष समेत रहिसकेका व्यक्ति हुन् । पोखरेलको कांग्रेसमा पुनर्आगमनले सुनसरी कांग्रेसमा मात्र नभई नेपाल बार एशोसिएसनको निर्वाचनमा समेत लोकतन्त्रवादी उम्मेदवारहरुलाई जित निकाल्न सहज हुने बताइन्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *