काठमाडौं ७ मा भट्टराई घरदैलोमा

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौं l काठमाडौ महानगरपालिकाको ७ नं. वडामा चुनावी माहोल तातिएको छ । नेकपा (एमाले) का स्थानीय नेता कृष्णमणि भट्टराईले वडा अध्यक्षको टिकट पाएपछि उनी एकाएक चर्चामा आएका छन् । भट्टराईको राजनीतिक कर्मथलो पनि यसै वडा भएकाले आगामी ३० गते हुने निर्वाचनमा उनलाई सबल उम्मेदवारको रुपमा यहाँका जनताले लिएको बताइन्छ ।

यसै वडामा यसअघिको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट सदस्यमा निर्वाचित भएका भट्टराईले यस पटक वडा अध्यक्षको टिकट पाएका हुन् । यसअघिको निर्वाचनमा यस वडामा नेकपा (एमाले) बाट सबैजना निर्वाचित भएका थिए । तिनीहरुमध्ये अन्य चारैजना एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) मा समाहित भएका थिए । त्यसैले एकीकृत समाजवादीबाट अन्य उम्मेदवार बनेको अवस्थामा भट्टराईलाई एमालेले वडा अध्यक्षमा उम्मेदवार बनाएको हो ।

वडा अध्यक्षका उमेदवार भट्टराईको छवि राजनीतिक मात्र नभएर सामाजिक समेत रहेकाले उनी अन्य उम्मेदवारभन्दा परिचित अनुहारको रुपमा रहेको स्थानीबासी रोहित आले बताउँछन् । २०७४ सालको स्थानीय चुनावमा लोकप्रीय मत पाएका भट्टराई आफूले वडामा गरेका विकास र जनताको सेवाले फेरि पनि सेवा गर्ने मौका जनताले दिनेमा विश्वस्त रहेको बताउँछन् ।

उम्मेदवार भट्टराईको टोली बिहानदेखि बेलुकासम्म जनताको घर दैलोमा प्रचार प्रसारमा लागेका बताइन्छ । उनले शिक्षा, स्वास्थ्य, खानेपानी, प्रशासनिक निकायबाट पीडितलाई न्याय लिाउने आफ्नो प्रतिबद्धता रहेको भन्दै जनतामा मत माग्दै पुग्ने गरेको बताइएको छ ।

वडा नं.७ मा एमालेका तर्फबाट महिला वडा सदस्यमा अनिता शाक्य, दलित महिला सदस्यमा चनाकुमारी दर्जी, खुल्ला वडा सदस्यमा दीपेन्द्र पुडासैनी र सरस्वती कार्की उम्मेदवार बनेका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *