काँग्रेसले थाल्यो प्रमुख शहरमा चुनावी सभा

Nayabimarsha (Weekly Newspaper from Nepal)

ललितपुर l नेपाली काँग्रेसले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा परिणाम आफ्नो पक्षमा पार्न चुनावी सभा गर्ने भएको छ । चुनावी सभालाई काँग्रेस सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा लगायत वक्तृत्वकला र गला भएका नेताहरूले सम्बोधन गर्ने पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गत बैशाख ३१ गतेबाट शरु भएको चुनावी सभा विराटनगर, चितवनको भरतपुर, काठमाडौँ, रूपन्देहीको बुटवल र तनहुँको दमौलीमा हुने कार्यक्रम रहेको छ ।

त्यसैगरी बैशाख २५ गते धनषाको जनकपुरमा र कास्कीको पोखरामा, बैशाख २६ गते दाङ्गको तुलसीपुर र कैलालीको धनगढी तथा बैशाख २७ गते देउवाको गृहजिल्ला डडेल्धुरामा चुनावी सभा गर्न प्रधानमन्त्री देउवा देश दौडाहामा निस्किने भएका छन् । देशका प्रमुख १० शहरमा गरिन लागेको चुनावी सभाले नेकपा (एमाले) सरकारमा हुँदा गरिएको भ्रष्टाचार र कमिशन तथा कोरोनाको बिगबिगी भएको बेला जनतालाई गरिएको व्यवहारको भण्डाफोर गर्ने कार्यक्रम रहेको छ ।

हिजो भरतपुरको चुनावी सभालाई गठबन्धनका नेताहरूले सम्बोधन गरेका थिए । भरतपुरको प्रमुखमा माओवादी केन्द्रका तर्पmबाट रेणु दहाललाई उम्मेदवार बनाइएपछि काँग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवार बनेका पुराना नेता जगन्नाथ पौडेललाई अस्तित्वविहीन बनाउन गठबन्धनका नेताहरूलगायत मन्त्रीहरू, पूर्वप्रधानन्यायाधीश सक्रिय भएपछि सबैको चासो बढेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *