मौन अवधिमा पैसा बाँड्ने पक्राउ

Nayabimarsha (Weekly Newspaper from Nepal)

सुर्खेत l  मौन अवधिमा मतदातालाई पैसा बाँड्दै गरेको भनी नेकपा (एमाले) बाट वडाअध्यक्ष पदका उम्मेदवार बनेका व्यक्ति पक्राउ परेका छन् । बुधबार राति मतदातालाई पैसा बाँडिरहेको अवस्थामा गुर्भाकोट नगरपालिका वडा नं. ११ का वडाध्यक्षका उम्मेदवार राजन विसी यसरी पक्राउ परेका हुन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनले वडाको एक बस्तीमा पैसा बाँडेको सूचना आएपछि प्रहरीले राति नै छापा हानेको थियो ।

प्रहरीले खानतलासी गर्दा बिसी पुगेको घरमा एक लाख एक हजार रुपियाँ सहितको झोला फेला परेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार नगदसहित पक्राउ परेका उम्मेदवारलाई घटनास्थल मुचुल्कासहित प्रहरी चौकी मेहलकुनामा राखी उनलाई निर्वाचन कार्यालयमा जिम्मा लगाइएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *