टिपर नचल्दा निर्माण कार्यलाई असर

Nayabimarsha (Weekly Newspaper from Nepal)

धुलिखेल l आज शुक्रबार हुने स्थानीय तहको निर्वाचनको कारण थप व्यवस्थित बनाउन भनी काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले ट्रिपर संचालनको विषयमा नयाँ आदेश जारी गरेको छ । बिहीबार जारी आदेशमा सोही दिनदेखि जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको हो । यसरी काभ्रेपलाञ्चोकमा टिपर सञ्चालन नहुँदा त्यसको असर काठमाडौं उपत्यकामा भैरहेका निर्माण कार्यलाई पर्ने देखिएको छ । काठमाडौं उपत्यकामा हुने निर्माणका अधिकांश बालुवा, ढुंगा, गिटी काभे्रपलाञ्चोक जिल्लाबाटै जाने गरेका पाइन्छ । यसैबीच, आगामी जेठ १ गते राति १२ बजेसम्मका लागि राति सञ्चालन हुँदै आएका टिपर स्थानीय तह निर्वाचनलाई ध्यानमा राखी बन्द गर्ने निर्णय गरिएको सो प्रशासन कार्यालयले जनाएको छ । उक्त कार्यालयले निर्वाचनका बेला सुरक्षा व्यवस्थालाई ध्यानमा राखी बैशाख २६ गतेदेखि ३१ गतेसम्मका लागि मदिरा बिक्री वितरणमा रोक लगाइसकेको छ ।

जिल्लामा १३ वटा स्थानीय तहका एक सय ८९ मतदानस्थल तीन सय ८१ वटा मतदान केन्द्रबाट मतदाताले मतदान गर्दैछन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *