मोदी नेपाल आउँदै

Nayabimarsha (Weekly Newspaper from Nepal)

लुम्बिनी l भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनी आउने भएका छन् । मोदीले पाँच हजार क्षमताको एक हलमा सम्बोधन गर्ने कार्यक्रम तय भएको बताइएको छ । मोदीले त्यहाँ मायादेवी तथा अखण्ड ज्योति दर्शन र सम्बोधनपछि भारतको कुशीनगर फर्कने कार्यक्रम रहेको बताइएको छ ।

मोदीले सर्वप्रथम मायादेवी मन्दिरको दर्शन गर्ने र त्यसपछि मन्दिर परिसरमा रहेको अशोक स्तम्भ अगाडि दीप प्रज्ज्वलन गर्ने कार्यक्रम राखिएको छ । भारतले निर्माण गर्ने भनिएको बौद्ध बिहार मन्दिरको शिलान्यास गर्ने कार्यक्रम पनि राखिएको छ । त्यसपछि उनले सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

शान्तिका अग्रदुत भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तूपमा २५६६ औँ बुद्धजयन्ती विविध कार्यक्रमका साथ तीन दिनसम्म मनाइने बताइएको छ । भोलिदेखि आगामी जेठ २ गतेसम्म बुद्धको योगदानको स्मरण र रामग्रामको प्रवद्र्धन हुने गरी भव्यरुपमा बुद्धजयन्ती मनाउने तयारी गरिएको बताइएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण बैशाख शुक्ल पूर्णिमाकै तिथिमा पर्दछ । बैशाख ३१ गते स्तूप क्षेत्रको वृहत् सरसफाइ, जेठ १ गते भिक्षुद्वारा प्रवचन र भोजनदान तथा जेठ २ गते प्रवचन, परित्राण, प्रार्थना तथा अन्य विविध कार्यक्रमका साथ मूल समारोह आयोजना गरिनेछ । जेठ १ र २ गते साँझ दीपप्रज्वलन गरिने कार्यक्रम राखिएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *