भक्तपुरमा मतगणनाको तयारी

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर l बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभर मतदानको तयारी भई रहेको अवस्था छ । देशभरीको माहौल यस्तो भए पनि भक्तपुर नगरपालिकामा भने मतगणनास्थलको तयारी गरी भक्तपुर नमूना बनेको छ ।

यसका लागि भक्तपुर जिल्लाका मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोला, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, जिल्ला निर्वाचन अधिकारी नरेन्द्रप्रसाद न्यौपाने, प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठसहितको सुरक्षा निकायका प्रतिनिधिहरुले स्थलगत निरीक्षण गरेका थिए । भक्तपुर नगरको मतगणना भक्तपुर नगरपालिकाको कार्यालयको सभा हलमा व्यवस्थित रुपमा गर्ने गरी सबै तयारी पूरा भएको जानकारी निर्वाचन अधिकृत बास्तोलाले गराएका छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *