दोलखामा झडप

Nayabimarsha (Weekly Newspaper from Nepal)

चरिकोट्र l दोलखाको कालिञ्चोक गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा (एमाले) का उम्मेदवारका बीच झडप भएको छ । दुई पक्षबीच मंगलबार राति झपड हुँदा एमालेका वडा सदस्यका उम्मेदवारले कांग्रेसका वडा सदस्यकै उम्मेदवारमाथि खुकुरी प्रहार गरेका बताइएको छ ।

वडा नम्बर ४ को नर्मी भन्ने ठाउँमा दुई पक्षबीच झडप हुँदा कांग्रेसका वडा सदस्य पदका उम्मेदवार छत्रबहादुर कार्कीमाथि एमालेका त्यही पदका उम्मेदवार राजेन्द्र कार्की र उनका सहयोगी सरोज ठकुरीले खुकुरी प्रहार गरेका स्थानीयले दाबी गरेका छन् । उनको सदरमुकाम चरिकोट्रमा उपचार भइरहेको छ । आक्रमणकारी कार्कीलाई प्रहरीले नियन्त्रणमा लिए पनि ठकुरी भने फरार रहेको बताइएको छ । कालिञ्चोकमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेको अवस्था छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *