मूल्य आकासियो, अझै बढ्ने चिन्ता

Nayabimarsha (Weekly Newspaper from Nepal)

भक्तपुर l चालू आर्थिक वर्षको नौ महिनाको यो अवधिमा सबै उपभोग्य बस्तुको मूल्यमा वृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र« बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि चैतसम्मको अवधिमा अधिकांश उपभोग्य बस्तुको मूल्य बढेको हो ।

बैंकका अनुसार यो वर्ष सबैजसो खाद्य बस्तुको मूल्य उकालो लागेको हो । खाने तेल, दाल, गेडागुडी, अण्डा, मासु, पेयपदार्थ लगायतको मूल्यमा समेत बढोत्तरी भएको हो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको बैंकको तथ्यांकमा उल्लेख छ ।

घ्यू तथा तेलको मूल्यवृद्धि २८.३६ प्रतिशतसम्म रहेको उल्लेख छ । यसैगरी, दुग्ध पदार्थ तथा अण्डाको मूल्य ११.५६ प्रतिशत तथा गेडागुडीको मूल्य १०.५३ प्रतिशतले बढेको छ । यसैगरी सुर्तीजन्य पदार्थको मूल्य ८.९१ प्रतिशतले गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात भाडा २०.१६ प्रतिशतले बढेको छ । यसैगरी, शिक्षातर्फको महँगी ८.७९ प्रतिशतले बढेको छ भने विविध बस्तु तथा सेवाको महँगी ८.१७ प्रतिशतले बढेको जनाइएको छ ।

यस्तै सार्वजनिक यातायातको भाडा पनि उच्चदरले बढेको छ । निर्माण सामग्रीको थोक मूल्यवृद्धि पनि २५.२२ प्रतिशतले बढेको तथ्यांकमा उल्लेख छ । यसरी महंगी बढेको अवधिमा तलब तथा ज्यालादरमा ८.५२ प्रतिशतले बढोत्तरी भएको जनाइएको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *