घिसिङ सामाजिक सञ्जालबाट हैरान

Nayabimarsha (Weekly Newspaper from Nepal)

काठमाडौँ l  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सामाजिक सञ्जालका कारण हैरान भएको पाइएको छ । उनले आफ्नो नक्कली आइडी बनाएर स्थानीय तहको निर्वाचनका सन्दर्भमा गलत सूचना प्रवाह भइरहेको भन्दै त्यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले बुधबार एक विज्ञप्ती जारी गर्दै आफ्नो नाम र तस्बिर प्रयोग गरी खोलिएका नक्कली ट्वीट्रर ह्यान्डलमार्फत स्थानीय तहको निर्वाचनको सन्दर्भमा गलत सूचना प्रवाह भइरहेको जनाएका छन् । उनले ‘मेरो आधिकारिक ट्वीट्रर ह्यान्डल २प्ःन्जष्कष्लन रहेको र यसबाहेक मेरो नाममा अन्य कुनै ट्वीट्रर ह्यान्डल नभएको व्यहोरा प्रष्ट पार्दै यस्ता नक्कली ह्यान्डलबाट प्रवाहित सूचनाको भ्रममा नपर्न सबैलाई अनुरोध गर्दछु ।’ भनी विज्ञप्तीमा उल्लेख गरेका छन् । यसअघि नेकपा (माओवादी केन्द्र) ले उनको नाम राखी प्रचार सामग्री बनाएको भनी त्यसको निर्वाचन आयोगले विरोध गरेको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *